साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुख ढलेपछि

रुख ढलेपछि छहारी ढल्छ ओत ढल्छ सँगसँगै सपनाको भकारी ढल्छ आड ढल्छ जन्मेदेखिको रुख ढल्नु र समय ढल्नु विपनाजस्तै सपना ढल्नु रहेछ ।

Nepal Telecom ad

यादव भट्टराई :

हेर न
कस्तरी बिस्तारै बिस्तारै
ढल्दै छ समय
ढलेजस्तै गरी बुढो सिमलको रुख
रुख ढलेपछि
ढल्छ
बचेराहरूको गुँड
बटुवाहरूको छहारी ढल्छ
र ओत ढल्छ झरीको
त्यही रुखमा छोडेर
बर्सौंअघि दु:खले बनाएको गुँड
चारो खोज्न हिँडेकाहरू
कहाँ बिसाउँछन् होला फर्केर
थाकेको शरीर साँझमा
रुखै ढलेपछि !
रुख ढलेपछि
छहारी ढल्छ
ओत ढल्छ
सँगसँगै सपनाको भकारी ढल्छ
आड ढल्छ जन्मेदेखिको
रुख ढल्नु र समय ढल्नु
विपनाजस्तै सपना ढल्नु रहेछ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक मिनेट

एक मिनेट

यादव भट्टराई
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x