साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मध्यमार्ग

तब तपस्वीले भने । - "दाना पानी त खुब खाएका थियाै तर किन यति चाँडै भुत्लियाै ?" भेडाहरू रून्चे हाँसाेले बर्वराउन थाले । - "हि ! हि ! हि ! अर्काकाे नुन खाएपछि त्यसै खुइलिन पर्नेरहेछ ।"

Nepal Telecom ad

डा. विदुर चालिसे :

एक तपस्वीले गाेधुली साँझकाे माैसममा आँखा मिचेर समयकाे बर्वादी र आतसकाे बिचमा निकै संशय साथ भेडा गाेठालालाई साेधे ।
– “आजकाे बास कता ?”
– “प्रभु ! आजकाे बास हिम पखेरामा !”

तपस्वीले लामाे श्वास ताने । गाेठालाेले भेडाहरूलाई दिइने रातकाे संरक्षण बारेकाे उत्तरमा केही बाेल्न सकेनन् । उनले फेरि गाेठालाे छेउ रहेकाे लठ्ठीलाई देखाएर गाेठालाेलाई नै साेधे ।
– “याे लठ्ठीले आजसम्म कति भेडालाई कुट्याै ?”
गाेठालाे यस्ताे प्रश्व सुनेर अलमल्लमा पर्याे । उसलाई मनमा लाग्याे कि कति चाेटी कुटेकाे कुरा भन्याे भने तपस्वीबाट जस पाइन्छ भन्ने लागेर उसले मनमनै आँकलन गर्याे र भन्याे ।

– “याे स्वतन्त्रता संग्रामकाे सिपाही हाे । कुटेकाे छैन तालिम दिँदा सजाएकाे मात्रै हाे ।”
– “के यिनीहरूकाे रगतमा क्रान्तिकारी उर्जा छैन ?”
–“भेडा हुन् याने युध्द सैनिक । जता हाेमिदियाे, त्यतै जान्छन् । के भन्ने अब हिम पखेरामा आज शिविर छ । याने राष्ट्रियता जाेगाउने शिविर !”

गाेठालाेकाे कुरा सुनेर केही भेडाहरू भ्या भ्या गर्न थाले । कुनै म्या म्या गर्दै नाककाे सिंगान ठिँ ठिँ गरेर पगार्न थाले । साँझकाे धमिलाे अँधेराेमा भेडाहरू उकालाे उक्लँदै थिए । पहाडकाे ठाँडीमा जमेकाे हिउँ भासिएर माथिबाट खस्याे । भेडाहरू कराउन थाले । गाेठालाे आदेश दिन थाल्याे ।
– “अब आफू जाेगिएर बच्नु।”
– “अनि तराईदेखि बाेकेर ल्याएकाे नुन, तेल र सामान के गर्ने नि ?”
– “नसके पहिराेमा फालिदिनु ।”

तपस्वी, साँझकाे बखत आफ्नाे गन्तव्यतिर उक्लँदै थिए । पहराकाे छेउमा ध्यान केन्द्रहरूमा युध्द अभ्यासका अपरिभाषित सैनिकहरू धनुकाँण तेर्स्याएर भेडाहरूकाे छातिमा ताकिरहेका थिए । यत्तिकैमा शक्तिशाली महामानवकाे आकाशवाणी भयाे ।
– “अब चार घण्टामा अन्तराष्ट्रिय कब्जा !”

गाेठालाे रून थाल्याे । अन्यमनस्क बसेर आफ्नाे हिजाेकाे पाेज धुलिसात भएकाे देखेर रूवानी, भुवानी, देवी, देवता, इष्टदेवता, कुलदेवता, ग्रामदेवता, गुरूमापा र सहरिया जासुस देवीदेवतासँग गुहार माग्न थाल्याे र भन्याे ।
– “प्रभुजी बचाउ !”

उड्यन तस्तरियका बेगले हावा, हुरि र हुण्डरीले बवण्डर गर्न लाग्याे । लागुभागु, भूतप्रेत, वीरविराङ्गना र पिशाचहरू भेडाहरूकाे भुत्ला लुच्छ्न थाले । भेडाहरू नाङ्गै भुत्ल्याएका व्याइलर कुखुरा झैँ भए ।
तब तपस्वीले भने ।
– “दाना पानी त खुब खाएका थियाै तर किन यति चाँडै भुत्लियाै ?”

भेडाहरू रून्चे हाँसाेले बर्वराउन थाले ।
– “हि ! हि ! हि ! अर्काकाे नुन खाएपछि त्यसै खुइलिन पर्नेरहेछ ।”

म पनि उनीहरूसँगै उकालाे उक्लँदै थिए । तपस्वीलाई ट्वाक्कै भेट भयाे। उनलाई साेधेँ ।
– “अबकाे मुक्तिकाे बाटाे के हाे ?”
– “तपाईं जनताकाे नेतृत्व गर्ने नेता हाे ? लाै, तेसाे भए सुन्नाेस- भूपरिबेष्टित मार्ग भू-जडित मार्गमा बदल्न मध्यमार्ग लिनाेस् !”
– “भन्नाले ?”
– “आलुप्याजकाे मिसावट !”

तपस्वीले गाेठालाेलाई घाेकाइरहेका थिए । खुइलिएका भेडाहरू सडकमा नारा दिइरहेका थिए ।
– “आगामी सरकार हाम्रै हाे !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
थाम्पुराे

थाम्पुराे

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x