डा. विदुर चालिसेमध्यमार्ग
तब तपस्वीले भने । - "दाना पानी त खुब खाएका थियाै तर किन यति चाँडै भुत्लियाै ?" भेडाहरू रून्चे हाँसाेले बर्वराउन थाले । - "हि ! हि ! हि ! अर्काकाे नुन खाएपछि त्यसै खुइलिन पर्नेरहेछ ।"

डा. विदुर चालिसे :
एक तपस्वीले गाेधुली साँझकाे माैसममा आँखा मिचेर समयकाे बर्वादी र आतसकाे बिचमा निकै संशय साथ भेडा गाेठालालाई साेधे ।
– “आजकाे बास कता ?”
– “प्रभु ! आजकाे बास हिम पखेरामा !”
तपस्वीले लामाे श्वास ताने । गाेठालाेले भेडाहरूलाई दिइने रातकाे संरक्षण बारेकाे उत्तरमा केही बाेल्न सकेनन् । उनले फेरि गाेठालाे छेउ रहेकाे लठ्ठीलाई देखाएर गाेठालाेलाई नै साेधे ।
– “याे लठ्ठीले आजसम्म कति भेडालाई कुट्याै ?”
गाेठालाे यस्ताे प्रश्व सुनेर अलमल्लमा पर्याे । उसलाई मनमा लाग्याे कि कति चाेटी कुटेकाे कुरा भन्याे भने तपस्वीबाट जस पाइन्छ भन्ने लागेर उसले मनमनै आँकलन गर्याे र भन्याे ।
– “याे स्वतन्त्रता संग्रामकाे सिपाही हाे । कुटेकाे छैन तालिम दिँदा सजाएकाे मात्रै हाे ।”
– “के यिनीहरूकाे रगतमा क्रान्तिकारी उर्जा छैन ?”
–“भेडा हुन् याने युध्द सैनिक । जता हाेमिदियाे, त्यतै जान्छन् । के भन्ने अब हिम पखेरामा आज शिविर छ । याने राष्ट्रियता जाेगाउने शिविर !”
गाेठालाेकाे कुरा सुनेर केही भेडाहरू भ्या भ्या गर्न थाले । कुनै म्या म्या गर्दै नाककाे सिंगान ठिँ ठिँ गरेर पगार्न थाले । साँझकाे धमिलाे अँधेराेमा भेडाहरू उकालाे उक्लँदै थिए । पहाडकाे ठाँडीमा जमेकाे हिउँ भासिएर माथिबाट खस्याे । भेडाहरू कराउन थाले । गाेठालाे आदेश दिन थाल्याे ।
– “अब आफू जाेगिएर बच्नु।”
– “अनि तराईदेखि बाेकेर ल्याएकाे नुन, तेल र सामान के गर्ने नि ?”
– “नसके पहिराेमा फालिदिनु ।”
तपस्वी, साँझकाे बखत आफ्नाे गन्तव्यतिर उक्लँदै थिए । पहराकाे छेउमा ध्यान केन्द्रहरूमा युध्द अभ्यासका अपरिभाषित सैनिकहरू धनुकाँण तेर्स्याएर भेडाहरूकाे छातिमा ताकिरहेका थिए । यत्तिकैमा शक्तिशाली महामानवकाे आकाशवाणी भयाे ।
– “अब चार घण्टामा अन्तराष्ट्रिय कब्जा !”
गाेठालाे रून थाल्याे । अन्यमनस्क बसेर आफ्नाे हिजाेकाे पाेज धुलिसात भएकाे देखेर रूवानी, भुवानी, देवी, देवता, इष्टदेवता, कुलदेवता, ग्रामदेवता, गुरूमापा र सहरिया जासुस देवीदेवतासँग गुहार माग्न थाल्याे र भन्याे ।
– “प्रभुजी बचाउ !”
उड्यन तस्तरियका बेगले हावा, हुरि र हुण्डरीले बवण्डर गर्न लाग्याे । लागुभागु, भूतप्रेत, वीरविराङ्गना र पिशाचहरू भेडाहरूकाे भुत्ला लुच्छ्न थाले । भेडाहरू नाङ्गै भुत्ल्याएका व्याइलर कुखुरा झैँ भए ।
तब तपस्वीले भने ।
– “दाना पानी त खुब खाएका थियाै तर किन यति चाँडै भुत्लियाै ?”
भेडाहरू रून्चे हाँसाेले बर्वराउन थाले ।
– “हि ! हि ! हि ! अर्काकाे नुन खाएपछि त्यसै खुइलिन पर्नेरहेछ ।”
म पनि उनीहरूसँगै उकालाे उक्लँदै थिए । तपस्वीलाई ट्वाक्कै भेट भयाे। उनलाई साेधेँ ।
– “अबकाे मुक्तिकाे बाटाे के हाे ?”
– “तपाईं जनताकाे नेतृत्व गर्ने नेता हाे ? लाै, तेसाे भए सुन्नाेस- भूपरिबेष्टित मार्ग भू-जडित मार्गमा बदल्न मध्यमार्ग लिनाेस् !”
– “भन्नाले ?”
– “आलुप्याजकाे मिसावट !”
तपस्वीले गाेठालाेलाई घाेकाइरहेका थिए । खुइलिएका भेडाहरू सडकमा नारा दिइरहेका थिए ।
– “आगामी सरकार हाम्रै हाे !”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































