मनोज गजुरेलबन्दुकको भाषा
रुद्र घण्टीमा स्वास ठोक्काएर ‘ट्वार्र ट्वार्र’ आवाज निकाल्नुमात्र भाषा होइन । न, तपाईँले दुईवटा ओठ हल्लाएर कराउँदैमा मात्रै भाषा बन्ने हो, न त भनेको कुरो अरुले सुन्नासाथ भाषा हुने हो । भाषा भनेको त नेपालीले ल्हासामा पुगेर पनि बोल्न सक्छन् । दिल्लीका सिल्ली भैयाहरू चिली भन्ने देशमा गएर पनि सक्छन् ।
मुख्य कुरो त भाषा सबैले बुझ्ने खालको हुनुपर्छ । जस्तो कि, तपाईँले चोक–चौतारी वा चमेनागृहमा उभिएर चुरोट तान्दै आँखा सन्काउनस, कनै यवती तपाईँ अगाडि आइहालन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनअगाडि नाकको पोहोरा फुलाउनोस् त, उनले तुरुन्तै थाहा पाउने छन् – ‘ओहो, यो मोरो नेपाली आज साह्रै रिसाएछ ।’
वासिङ्गटन डि.सी. जानुभयो भने राष्ट्रपति बुशलाई सोध्नुहोला– ‘बुशज्यू, तपाईँंको दिमागमा भुस नै भुस भरिएको छ कि क्या हो, संसारलाई आफ्नै रखेलजस्तो ठानेर बलात्कार गर्न पो खोज्नुहुन्छ त ?’ बुशले तपाईँंको कुरो एकथोपो पनि बुझ्ने छैनन् कि मानसिक रोगी ठानेर अस्पताल भर्ना गर्नेछन्, कि त ‘ओभर स्टे’ गर्ने नेपाली खेलाडी भनेर झ्यालखानाको हावा खृवाउने छन् ।
उता कुनै जमानामा ओसामा बिन लादेन भन्ने दाह्रीवाललाई भेट्नुभयो भने, दुईवटा हत्केला उठाएर आकाशतिर फर्काउनोस्, उसले तुरुन्तै बुझ्नेछ– ‘यो मान्छे पनि अल्लाहको नाममा आत्महत्या गर्ने मनोरोगी रहेछ ।’ तपाईँ जतिसुकै फूलबुट्टा भरेर शब्द बनाउनोस्, मनै पगाल्ने वाक्य निर्माण गर्नुस्, त्यो सबैका दिमागमा घुस्दछ भन्ने छैन । तर ठूलो भुँडी हल्लाउँदै जापान जानोस्, ‘यो नेपालको मन्त्री वा हाकिम रहेछ’ भन्ने कुरो उनीहरूले सजिलै बुझ्दछन् ।
काठमाण्डौंको गल्लीमा मोबाइल फोन हल्लाउँदै हिड्नोस, ‘यसले कि त देश लुट्यो अथवा कसैको दिमाग भुट्यो’ भन्ने कुरो जस्तोसुकै भाषा नबुझ्ने मान्छे होस्, उसले सजिलै आफ्नो खप्परमा घुसाउन सक्दछ । जान्ने मान्छेहरू भन्ने गर्छन्– ‘सबैभन्दा धेरैले बोल्ने भाषा चाइनिज हो ।’ निज जान्नेहरूको तर्क एक प्रकारले त ठीकै होला तर अर्कोतिर बुझ्नैपर्ने कुरो के हो भने बोल्नुलाई मात्रै ठूलो ठान्ने हो भने त, संसारका सबैभन्दा महान त नेपालका एफ.एम. हरू नै हुनुपर्ने हो, जो चौबिसै घण्टा प्यार्प्यार् बोलेर हामीलाई शान्तिसँग सुत्न दिंदैनन् ।
मलाई सोध्नुहुन्छ भने संसारमा सबैभन्दा बढी बोलिने भाषा–‘बन्दुकको भाषा’ हो । ड्याम्म, ड्वाङ्ग, बुडुङ्ग, गड्याम्म, प्याट्ट, ठ्याँस्स, गुडुडु, भुटुटु, र्याट्याट्या, भ्याट्याट्या – यस्ता थुप्रै भाषाहरू छन् बन्दुकका । यस भाषाको अप्ठेरो पक्षचाँहि के हो भने, योसँग हाम्रो दोहोरो संवाद हँुदै हुँदैन । ऊ एकोहोरो बोलेको बोल्यै गर्दछ, हामीले छाति थापेर सुनेको सु्न्यै गरिरहनु पर्दछ ।
बन्दुकको भाषा कुनै राष्ट्र वा जाति–जनजातिमा मात्रै सीमित छैन । आतंकवाद समाप्त पार्ने नाममा बन्दुक कहिले अमेरिकी स्वरमा बोल्दछ, कहिले अल्लाहसँग सल्लाह गर्ने नाममा अफगानी आवाजमा कुरा गर्दछ । कुनै बेला अत्याचारलाई अचार बनाउने नाममा बन्दुक बोल्ने गर्दछ भने कुनै बेला सत्ताले उन्मत्त भएर जँड्याहाको भाषामा बात मार्ने गर्दछ ।
संसारको कुरा छोडेर आफ्नै देशमा दुईचार चक्कर लगाउनोस्, तपाईँं आफैं भन्नुहुनेछ ः ‘यस देशमा नेपाली भाषा भन्दा ज्यादा ‘बन्दुकको भाषा’ पो बोलिंदो रहेछ ।’ शहर– बजारमा हुने सानातिना हुलदंगाहरू देख्नुभएको होला नि ! ‘नकराउनोस्’ भन्दा कसैले टेर्दैन । ‘शान्त रहनुहोस्’ भनेर सम्झाउँदा तपाईँहामी झन् चर्को स्वरमा कराउँछौं । ‘कृपया पछाडि हट्नोस्’ भनेर अनुरोध गर्दा अझ उग्र भएर रेलिङ्ग र रोडहरू भत्काउन थाल्दछौं ।
जब बन्दक टियरग्याँसको आवाज निकाल्छ, तब हाम्रो दिमाग झस्कन्छ र हामी दश हात पर पुग्दछौं । जब बन्दुकले हवाई फायर वा सूट फायरको शब्दोचारण गर्दा बल्ल बन्दुकको भाषा बुझ्छौं र ज्यूँदै रहेछौँ भनेर घरतिर लाग्दछौं ।
आजकाल सबैजना बन्दुकको भाषा बुझ्न थालेर होला, बन्दुक बोक्ने मान्छे भन्दा पहिला बन्दुकले हामीसँग बात मार्ने गरेको छ । बन्दुकले बात मार्दैमा तपाईँंको मृत्यु हुन्छ भने त्यसमा बन्दुकको के दोष हँ ?
हाम्रो गाउँमा एक जना डाँका छन्, जसलाई हामी काका भन्ने गर्दछौं किनकि उनी एउटा ठूलै पार्टीका साहू हुन् । पार्टीका साहूलाई तस्कर नै भएपनि नमस्कार गर्नुपर्छ, नत्र उनी केही भन्दैनन्, सिधैं उनको बन्दुक बोल्दछ ।
काकाको विरोधमा हामीले कति वक्तव्य छपायौं , विरोध जुलूस निकाल्यौं , आमसभा ग¥यौं र पुत्ला जलायौं । अहँ, हाम्रो बोलीको अगाडि काका नामका डाँकाको रौं पनि हल्लिएन तर एक दिन माओवादीहरूले उनको घरअगाडि एउटा धम्कीपूर्ण पत्र के टाँस गरेका थिए, काकाको स्वासनै रोकिएझैं भएछ ।
हत्तपत्त जनताको अगाडि जुम्लाहात गरेर पसारिए– ‘मैले गल्ति गरेछु बाबा’ भन्दै । यो पनि ‘बन्दुकको भाषा’ को कमाल हो ।
सबै ठाउँमा बन्दुकको भाषाले नै मान्छे परिवर्तन हुन्छन् भन्ने चाहीं छैन । जस्तोः भाषा नबुझ्दा र बुझाउन नसक्दाको अप्ठेरो त तपाईँलाई थाहै छ चियामा चिनी कम भयो भनेर ‘सुगर’ माग्दाखेरी नजिकै बसेको फुच्चे केटोले गिलासभरि तुक्र्याइ दिँदा चिया खाने अमृकानेलाई निल्नु न ओकल्नु भएन त १
बन्दुकको पनि कहिले काहीं हविगत त्यस्तै हुने गर्दछ । यहाँनिर ‘अमृकाने’ शब्दको अर्थ तपाईँले बुझ्नु भएन भने मलाईं कत्रो बित्यास पर्दछ, सोच्नुभएको छ ? तपाईँंले भन्नु होला– हामी पनि त ‘अमृकाने’ नै हौं नि ! हाम्रा कानचाँहि कुनै सुपरमार्केटबाट खरिद गरेर गालामाथि टाँसेका हैनन् क्यारे !’ तपाईँंको तर्क पनि मुनासिव नै हो हजूर । सबैका कान उम्रिएका नै हुन्छन् तर उम्रिएका कान भएका सबै अमृकाने चाँहि हुँदैनन् । अमृकाने हुनलाई अमृकामा नै जन्मनु पर्दछ ।
बेलाबेलामा मलाई त यो बन्दुकको भाषा बौलाहाहरूको बक्बक् जस्तो लाग्दछ । पुलिसको हातबाट बोल्ने बन्दुक पनि शान्तिका लागि बोलेको हुँ भन्छ १ क्रान्तिकारीका काँधमा अडिएर बोल्ने पनि शान्तिका लागि बोलेको दावा गर्दछ १ यस्तो हावा कुरा हामीले कसरी पत्याउने हँ १
सत्तापक्षीय बन्दुक बौलाएको हो भनौं भने सोत्तर पारेर सिध्याउला भन्ने डर, विद्रोहीहरू बौलाएका हुन भनौं भने जनकारवाहीमा उसिनेर पकाउलान् भन्ने डर ! बरु दुवैले बोलेको भाषा नबुझ्ने म नै पो बौलाएको हुँ कि !
मानिस र बन्दुक एउटै पार्टीका दुई गुटहरू हुन्, जो विपक्षी वा सरकारको विरोधमा संगै हुन्छन् र फुर्सद पाउने बित्तिकै गाँड कोराकोर गर्न थाल्दछन् । मानिसले बन्दुक बोकेको बेला बक्बकाउने गर्दछ, बन्दुकले मान्छे बोकेको बेला बोल्ने गर्दछन् । बोल्दाबोल्दै यति धेरै बोल्दछ कि के बोल्दैछ भन्ने कुरोसमेत बिर्सिएका धेरै बन्दुकहरू बौलाएका पनि छन् । जस्तोः हिटलर, पोलपोट, अमेरिका १
मान्छे बौलाएका भए पो पागलखानामा थुन्नु ! बन्दुक नै बौलाएपछि त पुलिसथानामा थुनेर पनि सकिंदैन, कोतखानामा कैद गर्न पनि भएन । चुनाव जितेको माननीय वा हड्डी भेट्टाएको कुकुरजस्तो गरेर बन्दुक दौडन थालेपछि तपाई हाम्रो नेपाली भाषा त ग्राण्ड Ïल्प १
कहिले राजदरवार काण्ड घटाउँछ र बन्दुक नाच्दछ । कहिले संसद् भवनमा भ्याट्याटया गरेर अंग्रेजी नृत्य गर्दछ । बोल्ने काम त मान्छेको हो । कुखुराको पोथी बास्नु जति असंगत हो, बन्दुक बोल्नु पनि त्यत्तिकै अप्राकृतिक कुरो हो । बन्दुक बोलेर कहीं शान्ति भएको छ ?
लौ होस् गरौं है, बन्दुक बोल्न थालेपछि कि हामीले पनि पड्कन थाल्नु प¥यो । कि त ‘बन्दुकको भाषा’ लाई जरैदेखि उखेलेर शान्तिको नयाँ भाषा सिर्जना गर्नुप¥यो । कि कसो ? !
Subscribe
Login
0 Comments
Oldest










































