साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्रा

Nepal Telecom ad

लौन प्रभु मलाई जुम्रा बनाइदेऊ,
अनि उनकै टाउकोमा पराइदेऊ 
उनका कपालसँग खेलेर बस्नेछु,
उनले कन्याउँदा मुसारिन्छु,
कपाल कोर्दा धसारिन्छु,
उनकी सँगीसँगको 
जगल्टा जगल्टीमा पछारिन्छु,
उनको लेबन्टीमा पिकनिक मनाउँछु,
अनि बेलुका उनकै टाउकोमा पसारिन्छु ।

लौन प्रभु मलाई जुम्रा बनाइदेऊ,
अनि उनकै टाउकोमा पराइदेऊ 
उनी जुम्राको टोकान भन्लिन् 
म त्यसलाई मेरो चुम्बन भन्नेछु,
उनी जुम्रा मार्ने ठुङ भन्लिन्
म त्यसलाई उनको स्पन्दन भन्नेछु,
उनी लिखटा लगाउलिन्
म त्यसलाई उनको प्रेमघात भन्नेछु,
तर जेसुकै हवस, उनकै टाउकोमा रम्नेछु ।

उनले स्याम्पु गर्दा म पनि नुहाउनेछु,
चम्पी गर्दा तेल लगाउनेछु,
सबै उनकै हातबाट,
सम्झिँदा पनि लाज पो लाग्छ ।
मेरो जीवन नै उनीमै निर्भर होला 
उनी मरे त म कसरी बाँचुला र ?
तर, म मरे पनि उनलाई चाहिँ 
खासै फरक नहोला,
बस् टाउको नचिलाउला 
के यत्ति धैरै माया उनलाई 
अरु कसैले गर्ला ?
पक्कै नगर्ला ।

त्यसैले,
लौन प्रभु मलाई जुम्रा बनाइदेऊ,
अनि उनकै टाउकोमा पराइदेऊ ।
मेरो शरीरमा उनकै रगत चलाइदेऊ
तर सबैभन्दा पहिला मलाई जुम्रा बनाइदेऊ । 
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x