साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रातो पासपोर्ट

Nepal Telecom ad

कर्म, प्राप्तिको लागि गरिनु हुन्न भन्ने गीताको सार त हो तर प्राप्तिको लागि कर्म नगरे के ले खाने नि ? खानको लागि त चाहियो नि केही त । नभए सभासदहरूले किन रातो पासपोर्ट बेच्थे बित्थामा । डेढ करोड प्राप्ति हुनु भनेको चानचुने हो ? भोलि पर्ने भनेको देखाजाएगा ! हिम्मत गरेको खण्डमा अकुत सम्पत्तिको मालिक छिन्भरमा । फेरि परिहाले पनि जाबो पन्ध्र लाख तिरे त भईगो एक करोड पैंतिस लाख त बचिहाल्छ । जेल हाले पनि सभासदलाई अरु ठिनेमिनेहरूलाई कोचेको झैं कोच्न मिल्ने हो र ? ससम्मान बस्छन्् जति राख्छन् । फेरि जरिमाना बढी भो भन्न पनि त पाइन्छ ।

ह्याउ हुनेले बेचिहाले, नहुने राल काड्दै दोधारमा । के थाहा फेरि जीवनमा रातो पासपोर्ट छुन पाइन्छ कि पाइन्न । केको दोधारमा परेको होला म त छक्क पर्छु । अख्तियारको काम नै छानविन गर्ने हो, गरिरहन्छ के भा छ र ? सुडान काण्ड केही भो ? यस्ता कति काण्ड त्यसै सेलाएर गो । यो त एउटा उदाहरण मात्र हो । बरु जसले किन्ने हो तिनलाई चाहिँ अलिक राम्ररी सम्झाउन सक्नु पर्यो, ठाउँ कुठाउँ पोल नखोल है भनेर । पासपोर्ट दिएर पठाउनु पनि छ उल्टै पोल्ने ? घोर अनर्थ । अबदेखि रातो पासपोर्ट बेच्नेले हेमबहादुर मल्लको नीति अपनाउनु पर्छ । कसरी हेम बहादुरले आफ्ना मतदातालाई बागमतीको पानी समातेर कसम खुवाउँथे सुन्या त पक्कै होला । यसरी कसम खुवाए पछि पोल्ने त कुरै आउँदैन ।

यस्ता उपायहरू कति छन् कति । बिचरी गायत्री साह सबभन्दा कान्छी सभासद अनि ती बि.पि.यादव । खप्पराँ त लेखेरै ल्या रहेछन् दामको दाम, नामको नाम । कार्वाहीमा परेर के लछारपाटो लाग्यो र । गणतन्त्र आएकै यस्तैको लागि त हो । तर यहाँ गणतन्त्रलाई कसैले गाँडतन्त्र त कसैले भाँडतन्त्र बनाउन खोज्दैछन् । गाँडतन्त्र र भाँडतन्त्र त हुनदिनु भएन नि गणतन्त्रलाई । बरु कराऊ आफ्नै पार्टीका अध्यक्षलाई सत्तो सराप गर के थाहा भोलि अध्यक्ष पड्काईहाल्न पाइन्छ कि । ओलीजी त्यै भएर कराका कराई छन् । हिजो आफ्नै पार्टीको प्रधानमन्त्रीलाई राजीनामा देऊ भनेर कराएकै भरमा झलनाथजीले आज पद पड्काएका त हुन् नि भनेर त्यै सिको गर्या रे आलीले । बजारमा त्यै छ हल्ला । आफू मात्र कराएर नपुगेर अब त आफ्ना धुपौरेहरूलाई पनि लाईन लगाएका छन् रे ! सबैले त्यसै गरे त भैगो । अरु केही गर्न नसके पनि रातो पासपोर्ट त हातैमा छ नि हैन कि कसो ? बेचे भैगो बरु ढिला नगरे हुन्छ । भोलि अचानक संविधान सभाको म्याद थपिएन भने परेन फसाद ? कोरिया जान निवेदन दिनेहरूको घुइँचो छ, एम.आर.पि. समयमा पाइँदैन बिचराहरू बिचल्ली हुन्छन् । बरु सबै ६०१ ले नै बेचिदिए समयमा नै त्यता जाने चाँजापाँजो मिलाउँथे कि ! मेरो त सामान्य सल्लाह मात्र हो कर्म गर्ने त सभासदहरू नै हो ।

हुन त गर्ने भन्दा गराउनेलाई बढी सजायको व्यवस्था छ क्यार डर पनि लाग्छ । म जाबो सल्लाह दिनेले जरिमाना तिर्नु पर्यो भने के गर्ने? बरु म पनि सभासद भैदिएको भए हुन्थ्यो । रातो पासपोर्ट त भेटिन्थ्यो । थुक्क राजनीति नगरेर म कता जागिरमा लागेको होला ।

जे काम गर्न सभासद भएको हो त्यो काम गर्नु पनि नपर्ने क्या मज्जा ! शीर्ष नेताहरूलाई देखाइदियो भइगयो । देश विदेश घुम्न पनि पाइने विदेशी चुम्न पनि पाइने । तर चुम्ने कुरामा भने होसियार है । कानलाई जस्तो होला फेरि बिचरा कान भविष्यमा राष्ट्रको पति हुन्छु भन्ने कत्रो आशामा थियो । एक चुम्मीले स्वाहा । भएन त बरवाद ?

गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x