डा. अमर गिरीफित्कौलीको मट्याङ्ग्रा
फित्कौलीको मट्याङ्ग्राले सोझ्याउँछ कि पुर्पुरो
अर्ब, खर्ब जुटाएको फुत्किन्छ कि उही कुरो
यो दिन आउला भन्ने सपना पनि देखिन
उन्मत्त उग्र साँढेभैं खेल्थें सिँगौरी दिन्दिन
राष्ट्रको ढुकुटी रित्तो पारेथें स्वार्थ–सिद्धिमा
नीति–नियम लात्तिन्थे पात्तिन्थें वित्तवृद्धिमा
जेलमुक्ति गृहै फिर्ता सर्पकोटि प्रदानले
दस अर्ब लिँदा गर्व अनैतिक रजाइँले
यौटा चरो अनौठो थ्यो मान्छे बोकी उडाउँथ्यो
अति नै घिचुवा थ्यो त्यो देशैलाई डुबाउँथ्यो
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































