साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनवटा ठट्टा

Nepal Telecom ad

फ्यान्टास्टिक र कोकाकोलास्टिक

एकजना विदेशी र अर्कोजना नेपाली कोल्डस्टोरमा बसेर कोक फ्यान्टा पिइरहेका थिए । गर्मीको दिन थियो । कोल्डस्टोरमा फ्रिजभित्र राखिएको चिसो कोक नेपालीले खाँदै थियो भने विदेशीले चाहिँ फ्यान्टा खाइरहेको थियो । खाँदाखाँदै नेपालीले सोध्यो–
“तिमीलाई कस्तो लाग्यो ?”
विदेशीले जवाफ दियो–
“ओ, फ्यान्टास्टिक । तिमीलाई चाहिँ कस्तो लाग्यो नि ?”
नेपालीलाई के भूँ केभनूँ भएछ । अनि उसले जवाफ दियो–
“ओ, कोकाकोलिस्टक ।”

बाउले अण्डा पार्थ्यो ?

रमेश राइरहेको देखेर श्यामले सोध्यो–
“किन राइरहेका रमेश ?”
रमेशले भन्यो– “मेरो घरमा पालेको कुखुराको पोथी मरी नि त !”
श्यामले फेरि सोध्यो– “म आफ्नो बाउ मर्दा त रोइन, तँ एउटा जाबो कुखुरी मर्दा पनि रून्छस् ?”
रमेशले भन्यो– “तेरो बाउले अण्डा पाथ्र्यो र ?”
हा…. हा… हा….!!

मलाई पहिले उठाइदिनुस्

लालुप्रसादले आफ्नो नोकर कालुप्रसाद लाई भन्यो–
“कालु, भोलि बिहान म बाहिर जानु छ, त्यसैले मलाई बिहान चार बजे नै उठाई दिनू है ?”
कालुप्रसादले मालिकलाई जवाफ दियो–
“मालिक, मसँग घडी छैन, हजुरले मलाई पहिले उठाई दिनू, त्यसपछि म हजुरलाई उठाई दिन्छु ।”
हा.. हा… हा…

कञ्जुसको चप्पल
एउटा कञ्जुस बनको बाटो हिँडी रहेको थियो । हिँड्दा हिँड्दै उसको खुट्टामा काँढा बिझे छ । बेस्कन दुखे पनि ऊ मनमनै खुसी भयो ।
उसले भन्यो– “धन्न आज मैले चप्पल लगाएको थिइनँ, नत्र मेरो चप्पल नै प्वाल पर्ने थियो ।”
हा… हा… हा…

-निरजराज काफ्ले
कक्षा ७, डेनेव मा.वि., थापागाउँ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x