साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शास्त्रका शस्त्रहरू

Nepal Telecom ad

बाजी थापेर अङ्गैको, पाशा खेल्थे सती शिव
तेस्रो नेत्र उघारींदा हुन्थ्या झंकृत नीख ।।
दिगमब्र रूप देखेर, ऋषि पत्नीहरू कुदे,
एक्ली द्रौपदी माथी, पाँचै पाण्डव ती जुधे ।।१।।

कुमारी तन कुन्तीको, दहाडै सूर्यले लुटे,
विर्यको दान माग्दा झन् तगडा भै अरु जुटे ।।
फुकाली तनका बस्त्र, गोपिनि स्नान गर्दथे ।
लुकेर रमिता हेर्दा, श्री कृष्ण मखख पर्दथे ।।२।।

एकाग्र मनले सुन्दा, तैपनि हुन्न साधना,
चस्काई चित्त उर्लन्छन्, सक्ष्म यौनीक भावना ।
वृद्धकै पाहुमा सुम्पिन् गोमाले देह आखिर
सतीत्व नष्ट पार्नामा, विष्णु चौपट्ट माहिर ।।३।।

बरदान दिई उस्कै, वंश विनास पार्दथे,
देवकै जालमा फस्दा, सारा असुर हार्दथे ।
बाझिने शास्त्र यी हाम्रा, नारीका छैन पक्षमा,
अपहेलीत् भईन् सीता, नामको राम राज्यमा ।।४।।

उडन्ते गफ छाँटेर, दुनियाँ छल्छ पण्डित,
नानाभाँती ठूले गर्छ, साने हुँदैछ दण्डित ।।
जल, फल निलाहार, वर्त र पर्व भित्रछन्,
ज्ञानीले मात्र ढोंगीका, सक्कली रूप चिन्दछन् ।।५।।

कोशीदेखा– ७, काभ्रे

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराउँदैन

हराउँदैन

निर्मोही शङ्कर
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x