साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्निङवाकमा लोके

Nepal Telecom ad

पानी परे पनि
तुसारो झरे पनि
सधैं सधैं
मर्निङवाकमा जान्छन्
खै किन किन
घरमा बस्ने भन्दा
मर्निङवाकमै आनन्द मान्छन् ।
श्रीमती फुसुफुसु सुती रहँदा
लोके एलार्म लगाएर
बिहानै जुरुक्क उठछन्
हतार गर्दै
ठेगान गरेको ठाउँमा
साथीभाइसँग जुट्छन्
त्यसपछि
दिवा बस जस्तै हुइँकिदै
पशुपतितिर छुट्छन्
पशुपति पुगेपछि
लामो सास फाल्दै
जिउ तनक्क तान्छन्
बाहिरबाटै पशुपतिलाई
जय भोले भन्दै
सलाम हान्छन्
केही छिन भए पनि
घरको किचकिच मुक्त मान्छन्
आधा घण्टा हिंडेपछि
हुल बाँधेर
चिया पसलतिर जान्छन्
साझ व्रत बसे जस्तो
चला आलु सेल
टन्न हुने गरी खान्छन्
तौल घटाउन जान्छन् लोके
तौल बढाउन जान्छन्
ब्रेकफास्टमा पनि
ठूलै भाग हान्छन्
त्यसपछि
दाँया बाँया आँखा लगाउँछन्
हटकेक जस्तै सुन्दरीलाई हेरेर
टन्न अघाउँछन्
एकछिन भए पनि
ठुटो पिपलको जस्तो जवानीलाई जगाउँछन् ।
घर लानलाई
हरियो सागसब्जी जोख्छन्
साहेत श्रीमतीलाई फकाउन
सधैं तरकारी बोक्छन्
त्यसैले घर पुगेपछि
आएको सङ्केत गर्दै खोक्छन्
र गुड्मर्निङ ठोक्छन्
जवानीमा श्रीमतीलाई खुब कजाउँथे
अब त श्रीमती उनलाई कजाउँछिन्
झोक चल्यो भने पाङपुङ नै बजाउँछिन्
जागिर छँदा लोके
दाम पनि कमाउँथे
बुढीलाई मुठा थमाउँथे
बागडोर पनि समाउँथे
अब त उनलाई भाउजू
बुढो गोरु झैं ठान्छिन्
त्यसैले बेला बेला
तिखा बचनबाण पनि हान्छिन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x