सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समय

Nepal Telecom ad

बिहानीसँगै
जुरुक्क उठेपछि
कसैसँग नबोली
चुपचाप चुपचाप
समय हिँड्दोरहेछ !

सागर छुन हिँडेको
नदीको सतह टेकेर
तिमी सुतेको ओछ्यानबाट
तिम्रो आलस्य कुल्चँदै
कारखानाका मजदुरको भारी बोक्न
मरुभूमिमा एक्लै ऊँट चराउने
कामदारलाई साथ दिन
समय हिँड्दो रहेछ !

सुन्नलाई प्रेमका गीतहरू प्रशस्त छन्
छुनलाई घामका ओजस्वी किरणहरू थुप्रै छन्
निकै छन्
सुन्दर शब्दहरू
र, कुहिरोको आकाश ओडेका यात्रीहरू
तर, कसैसँग नबोली
आम हड्ताल सहेर
नाकाबन्दी र नेपाल बन्द लेखिएको
प्लेकार्ड छातीमा टाँसी
शून्य सडकमा एक्लै–एक्लै
समय हिँड्दो रहेछ !

आफ्नै छायाँलाई पटक–पटक टेकी
जीवनबाट मुक्ति खोज्न
समय हिँड्दो रहेछ
घडीबिना
डाँडै–डाँडा खोलै–खोला !

जेब्राक्रस भत्काउँदै
डिभाइडर नाघ्दै
आकासे पुल कुल्चेर
एम्बुलेन्सको साइरनसँगै
हावाको उचाइ उक्लिन
समय हिँड्दोरहेछ
कुनै सङ्गीतकारको भाका हुन
कुनै दार्शनिकको जीवन छुन !

आफू उभिएको बूढो धर्ती
शिरमा फुल्न लागेको फूल
र, आकाशको जून देखेर म
टक्क रोकिएँ
तर समय
कसैलाई वास्ता नगरी
आफ्नै गतिमा
सरासर हिँड्दोरहेछ !

कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही