साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय

Nepal Telecom ad

बिहानीसँगै
जुरुक्क उठेपछि
कसैसँग नबोली
चुपचाप चुपचाप
समय हिँड्दोरहेछ !

सागर छुन हिँडेको
नदीको सतह टेकेर
तिमी सुतेको ओछ्यानबाट
तिम्रो आलस्य कुल्चँदै
कारखानाका मजदुरको भारी बोक्न
मरुभूमिमा एक्लै ऊँट चराउने
कामदारलाई साथ दिन
समय हिँड्दो रहेछ !

सुन्नलाई प्रेमका गीतहरू प्रशस्त छन्
छुनलाई घामका ओजस्वी किरणहरू थुप्रै छन्
निकै छन्
सुन्दर शब्दहरू
र, कुहिरोको आकाश ओडेका यात्रीहरू
तर, कसैसँग नबोली
आम हड्ताल सहेर
नाकाबन्दी र नेपाल बन्द लेखिएको
प्लेकार्ड छातीमा टाँसी
शून्य सडकमा एक्लै–एक्लै
समय हिँड्दो रहेछ !

आफ्नै छायाँलाई पटक–पटक टेकी
जीवनबाट मुक्ति खोज्न
समय हिँड्दो रहेछ
घडीबिना
डाँडै–डाँडा खोलै–खोला !

जेब्राक्रस भत्काउँदै
डिभाइडर नाघ्दै
आकासे पुल कुल्चेर
एम्बुलेन्सको साइरनसँगै
हावाको उचाइ उक्लिन
समय हिँड्दोरहेछ
कुनै सङ्गीतकारको भाका हुन
कुनै दार्शनिकको जीवन छुन !

आफू उभिएको बूढो धर्ती
शिरमा फुल्न लागेको फूल
र, आकाशको जून देखेर म
टक्क रोकिएँ
तर समय
कसैलाई वास्ता नगरी
आफ्नै गतिमा
सरासर हिँड्दोरहेछ !

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x