साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कान सेवा जिन्दावाद

Nepal Telecom ad

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदीय दलको नेता निर्वाचनताकादेखि सुरु गरेको एमालेभित्रको मुस्कानसहितको सेवा नेपाल प्रहरीमा पनि लागु गराउनु भएको छ । 
उहाँको एमालेभित्रको मुस्कानसहितको सेवाको बान्की यस्ता थिए,
ऋषि धमला: एम्म्मालेमा अब्ब अध्यछे कोओओओ (गानो जाला जसरी) ?
गौतम: केप्इ ओल्इ (गानो जाला जसरी नै) ।
धमला: झलनाथ खनाल् नि (झर्किएर, माइक सानो पारियो एमसिआरमा) ?
गौतम: हुँदैन (झर्किएर) ।
धमला: (झन झर्किएर) तपाईं नि ?
गौतम: सम्भावना छ ।
धमला: माधव नेपाल नि (च्याँठिएर)
गौतम: (रिसाउँदै) छैनअ्अ्अ्अ्अ् । 
धमला: (हाँस्दै) समयका लागि धन्यवाद् ।
गौतम: केप्इ ओल्इ बनाउने भन्न दिएकोमा धन्यवाद् । 
दुवैजना मुसुक्क ।

0000

अब नेपाल प्रहरीमा मुस्कान सेवा यस्तो हुनेछ,
प्रहरी: (मोटरसाइकल चालकसँग) तँ राँ….को बा….ब्लुबुक बोकेर हिँड्नु पर्दैन ।
चालक: म त हजुर पार्टीको मान्छे ।
प्रहरी: मुसुक्क ।
प्रहरी: (व्यापारीसँग) ओइ, यो रक्सी, सुकुटी र सारीको बिल खोइ ?
व्यापारीः हजुर, यो त माथि डिआइजी साबको क्वार्टरको खुराक हो ।
प्रहरीः मुसुक्क ।
नेता: ओइ प्रहरी केटा, सरुवा हुने भन्छस्, रोकडा खोइ ?
प्रहरी: (मुसुक्क हाँस्दै) ठाउँमा गइसक्यो हजुर ।
नेता: मुसुक्क ।
आइजीसाब: ओइ केटा तँ डयुटीमा नगएर किन नेताको वरिपरी ?
प्रहरी: मन्त्रीज्यूले मेसमा ज्युनार गर्न बोलाइस्या साब ।
आइजी: मुसुक्क । 

0000

यस्तो गतिलो मुस्कान सेवा अब सेना, कर्मचारी, संस्थानमा पनि लागू गर्न अर्को बिहीबारको क्याबिनेटमा प्रस्ताव आयो । 
त्यसपछि 
प्रधानमन्त्री: (झोक्किँदै) मैले पहिले भनेको होइन, पहिले ‘उ’ गर्नुस् भनेर ।
मन्त्रीहरु: मुसुक्क ।
प्रधानमन्त्री: जतिखेर नि मुसुक्क–मुसुक्क । वामदेवजीले १३ दिन गृहमन्त्री नपाउँदा ‘उ’ गरेर झुलाउँदै हामीले मुस्कान सेवा पाइसकेका छौँ, केको मुसुक्क ।
मन्त्रीहरु: फेरि मुसुक्क ।
प्रधानमन्त्री: म सरकार छाडिदिन्छु अनि, जतिखेर नि शेरबहादुरले जस्तो के ध्वाँस दिएको ?
मन्त्रीहरु: मुसुक्क ।
प्रधानमन्त्री: ल वामदेवजी तपाईंले बैठक बसाएर सबैतिर मुस्कान सेवा लागू गर्नुस्, म हिँडे । 
मन्त्रीहरु: मुसुक्क ।
अर्थात् मुस्कान सेवा जिन्दावाद् । 
यति पढेर तपाईंले पनि मुस्कान दिनु भएको हो त ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x