साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्र्रािष्ट्रय नेपाली नारी लेखन मञ्चको स्थापना

Nepal Telecom ad

मे १८, २०१४ । साहित्यका विभिन्न विधाहरूको माध्यमबाट महिलाका हकहित र उत्थानमा सहयोग पुर्याउने अभिप्रायले अमेरिकामा साहित्यकार नीलम कार्की निहारिकाको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मञ्च स्थापना भएको छ ।

नवगठित कार्यकारी समितिमा भारती गौतम (अमेरिका) उपाध्यक्ष, सीता पाण्डे (अमेरिका) उपाध्यक्ष, सीता खरेल (अमेरिका ) महासचिव, उषा ज्ञवाली (अस्ट्रेलिया) सचिव, निर्मला खड्का (ईजरायल) कोध्यक्ष र सदस्यहरूमा क्रमशः आचार्य प्रभा (अमेरिका), गीता पन्थ (अमेरिका), ज्योति पौडेल (अमेरिका), नम्रता गुरागाई (अमेरिका ), संगीता मरहठा (यु के), डा.शान्ति छेत्री (भारत), सीता सापकोटा (बेल्जियम), सुमित्रा पौडेल ‘आचल’ (ईजरायल) र सरु पोखरेल (नेपाल) रहनु भएको छ ।

नेपालीहरू विश्वभरि छरिएर रहेको वर्तमान स्थितिमा नारीको ठूलो संख्या नेपाल बाहिर पनि भएकोले नारीलेखनलाई समेट्न यसप्रकारको संस्थाको आवश्यकता महसुस गरिएको हो र संस्थाले विशेष गरी नारीजातिका सम्पूर्ण समस्यालाई सम्वोधन गर्ने छ । नारीवर्गका सामाजिक, धार्मिक र संस्कारगत अपठ्यारा र उत्पीडनका विषयहरूलाई साहित्यिक अभिव्यक्तिका माध्यमवाट नै समाजमा चेतना जगाउन प्रयास गर्ने संस्थाको मूल मन्त्र रहेको नवगठित सस्थाका महासचिब सीता खरेलद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x