साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्र नून चटाईंदैछ

Nepal Telecom ad

क्या मजाले गरिबका, आज झुप्रा जलाईंदैछ
जाडो भयो ताप भन्दै, सबैलाई मनाईंदैछ ।

बुद्ध बन्ने स्वप्नदेखि, काँधमा बन्दुक बोकी हिंडे
जीत शून्य हात लाग्यो, अब कलम समाईंदैछ ।

देशमा यस्ता ठाउँ पनि छन्, भोकले अघाई सुत्नुपर्ने
राहत कहाँ पुग्थ्यो त्यहाँ, मात्र नून चटाईंदैछ ।

बुबा आमा बुढा भए, बोझ भन्दै पन्छाएर
पूजा गर्न भगवानको, तस्वीर घरमा सजाईंदैछ ।

देश खोक्रो उद्योग बन्द, पारेपछि हजुरद्वारा
युवा शक्ति पर्देशिन, आज बाध्य बनाईंदैछ ।

बुधबारे–८, झापा,
हाल– यु.ए.ई.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x