सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मात्र नून चटाईंदैछ

Nepal Telecom ad

क्या मजाले गरिबका, आज झुप्रा जलाईंदैछ
जाडो भयो ताप भन्दै, सबैलाई मनाईंदैछ ।

बुद्ध बन्ने स्वप्नदेखि, काँधमा बन्दुक बोकी हिंडे
जीत शून्य हात लाग्यो, अब कलम समाईंदैछ ।

देशमा यस्ता ठाउँ पनि छन्, भोकले अघाई सुत्नुपर्ने
राहत कहाँ पुग्थ्यो त्यहाँ, मात्र नून चटाईंदैछ ।

बुबा आमा बुढा भए, बोझ भन्दै पन्छाएर
पूजा गर्न भगवानको, तस्वीर घरमा सजाईंदैछ ।

देश खोक्रो उद्योग बन्द, पारेपछि हजुरद्वारा
युवा शक्ति पर्देशिन, आज बाध्य बनाईंदैछ ।

बुधबारे–८, झापा,
हाल– यु.ए.ई.

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'