साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलिउडका सुपर स्टारहरू

Nepal Telecom ad

नामका लागि काठमाडौं साँच्चिकै धनी छ । वातावरणवादीहरू यसलाई झिंगापुर भन्छन् । राजनीतिज्ञहरू राजाको गाउँ भनेर बोलाउँछन् । फिल्मवादीहरू काठमाडौंलाई कलिउड भन्ने गर्दछन् ।

कलिउड स्टार नै स्टारको आकाशगङ्गा हो । आकाशका ताराहरू बीच को ठूलो भन्ने विवाद हुँदैन तर कलिउडमा यी स्टारहरू कहिले आपसमा हिलो छ्यापाछ्याप गर्दछन् भने, कहिले गोबर दलादल गर्ने गर्दछन् । यसको एउटै कारण हो– ‘असली सुपरस्टारको भरपर्दो पहिचान नहुनु ।

मलाई पनि बडो अप्ठेरो भएको छ, पत्रकारको नाताले । आखिर को हो त कलिउडको असली सुपरस्टार ! नेपालको नम्बर एक स्टारलाई हङकङ बोलाउनु प¥यो, प्रख्यात सुपरस्टारलाई जापान निमन्त्रणा गर्नु प¥यो । यसका लागि तपाईंलाई पनि असजिलो महसुस भएको होला, कसरी छुट्याउने त सुपर स्टार र लोकलस्टार !

तपाईंले न सिनेमा हेरिरहनु पर्छ, न त गायकको गीत सुनिरहनु पर्दछ । केवल तलका केही– उदाहरण अध्ययन गर्नोस्, नेपालका सुपरस्टारका गुणहरू थाहा पाउनोस् र नम्वर एक सुपरस्टार चिन्नुहोस् !

– गाडी छ, थन्क्याउने ठाउँ छैन । मोवाइल सेट छ तर, नम्वर छैन ! यी दुईवटा विशेष गुण थाहा पाउनु भयो भने तपाईं ढुक्क हुनुहोस्, नेपालको सुपरस्टार उही हो ।

– तपाईं विभिन्न स्टारहरूको अन्तर्वार्ता लिँदै हुनुहन्छ । तीमध्ये कसैले ज्ञान, विवेक र समाज विकासका कुरा गर्छ भने तपाईं थाहा पाइहाल्नोस्– ऊ सुपरस्टार हुँदै होइन । तर प्रत्येक प्रश्नको उत्तरमा किच्च किच्च दाँत देखाउने, कुरा गर्नुभन्दा ज्यादा हाँस्ने मात्रै गर्छ भने एक नम्बर सुपरस्टार तपाईंले भेट्टाउनु भयो ।

– कुनै पनि साँस्कृतिक कार्यक्रम, भेला, वैठक वा मिटिङमा सबै स्टारहरूलाई बोलाउनुहोस् ती मध्ये सबैभन्दा ढिलो जो झुल्किन्छ ऊ नै सुपरस्टार हो ।

– तपार्इंको दाइलाई कल्चरल शो गर्न लगाउनोस् र कलाकारलाई रु. दशहजार पारिश्रमिक दिन अ¥हाउनोस् । केही दिन पछि पत्रकारको भेषमा गएर सोध्नोस् –‘कति पारिश्रमिक लिनुहुन्छ ?’ उसले सत्य कुरो बतायो भने सुपरस्टारमा हुने गुण शून्य रहेछ भनेर बुझ्नु होला तर दशहजारको साटो ‘म मिनिमम पचास हजार लिन्छु’ भन्यो भने बल्ल तपाईंले कलिउडको सुपरस्टारको दर्शन पाउनु भयो ।

यस्ता धेरै गुणहरू र स्वभावहरू छन् हाम्रा कलिउडका सुपरस्टारहरूमा । आफ्नो इतिहास, दुःख र संघर्ष कहिल्यै बताउँदैनन् सुपरस्टारहरूले । नाम नै सुपर भएपछि त्यो पीरको कुरा किन गर्ने !

यति सम्म त ठिकै हो, तर सुपरस्टार भईटोपल्ने क्रममा ‘म आमाको कोखबाट जन्मिएकै होइन’ भन्न थाले भने चाहिँ बित्यासै पर्ला है !
जे भए पनि– जय होस् कलिउडका सुपर स्टारहरूको ।

हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x