साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान्तिपुरेलाई चैं छोरी दिइन्न

Nepal Telecom ad

श्रीमतीले लजालु पारामा मतिर फर्केर ‘छोरी बे गर्ने बेला भो त बुढा’ भनी ! अनि मैले ‘ए हो त हगी, हेर्दा हेर्दै कत्री ठुली भैछिन् हाम्री छोरी’ भनेँ ! अनि म घरमा नभाको बेला हाम्री छोरी हेर्न र माग्न आएछन् कि क्या हो ? अनि कहाँकाले माग्न आका रच्चन भनेर सोधेको त श्रीमतीले घिरम्ला जत्रो नाक पार्दै भनिन्– राजधानीको रे क्या ! राजधानी कान्तिपुरको ! चार तल्लाको घर अनि नईया मोडेलको गाडी साडी सप्पै छ रे !

ए राम्रा ठाउँकाले माग्न आका रैच्चन ! जोइको अन्वाराँ हेर्दै मैले घुमाएर भनेँ– ‘हाम्री छोरीले सधै मिनरल वाटरले ब्यानब्यानै न्वाउच्चिन्’ भनेर भनिनौ ? त्यति के भन्देको थिएँ ‘नभाको कुरा नगर्नुस्, गफ दिनेको पनि एउटा सिमा हुन्छ नि’ भनेर हाँडीयाँ पड्क्या मकैझैं जोई पड्किन् !

त्यसपछि मैले पनि कड्केर भनेँ– ‘तेरा बाजे, तैँले ब्या गरेर आदेखि अहिलेसम्म भर्दै डोकाँ नाम्लो ला’र चुइचुईं गर्दै बोकेको गामको त्यो राजपानी धाराको पानियाँ जाडोमा बाफ आउने मनतातो अनि गर्मीयाँ ठण्डा बरफ हुने सङ्लो स्वच्छ निर्मल जललाई चैं के भन्छेस् हँ ? त्यस्तो प्राकृतिक पानीको अगाडि मिनरल वाटर भन्ने त्यो नाथे बोतल देखी जाराँ भर्या पानीलाई दाँज्न मिल्छ ? भएभरका सत्र धातु अठार भिरिङ्गी बस्या कान्तिपुराँ हिजाज त्यस्तो पानी आम्च्च ? लिच्छवीदेखि मल्लकाल हुँदै राणाकाल सम्ममा बनाका ढुङ्गेधारा मासेर कङ्क्रिटको जङ्गल उमार्नेहरू के गतिला छ भनठानेकी छेस् ? माग्न नआए बरु हाम्री छोरी बुढीकन्ये बस्लिन् तर ती कान्तिपुरेहरूलाई चैं ज्यान गए नि छोरी दिइन्न बुझिस् ! बुढीले पनी रिसले झर्केर फन्फनिदै भनी– किरा पर्या असत्ती बुद्धि ! मेलम्ची आउन लागेको थाहा छैन ? युद्धस्तरमा सुरुङ खन्दैछरे नि त ! आर्को वर्ष धारामा पानी आम्ने भाच्चरे भनेर सचिपदेखि मुन्त्रीसम्मले अस्ति भन्थे रे नि त ! पल्लाघरे बाबुले सुनाम्नु भाथ्यो !

जोइको कुरा सुन्ना साथ रिसले आँखा देखिनँ र भनेँ– नेपालको समचार सुन्ने बेला तँलाई कम्पनि देशका स्टारप्लस देखी विभिन्न च्यानलहरूको त्यो नाथे सिरियलहरू हेर्दैमा फुर्सद छैन अनि के थाहा तँलाई सक्कली कुरा ! मेलम्ची त गयो भालु खोला बुझिस् ! छयालीस सालाँ बौदल आम्ने बित्तिक्कै मेलम्ची ल्याम्च्चु भन्ने मुन्छी मर्या कति वर्ष भो ? त्यसपछि त्यस्ता भन्नेहरू आज काहाँ गए ? २५ बर्ष हुन लाग्यो त ? अझै कति वर्षां बन्ने हो थाहा नाइँ । भने मेलम्चीको पानी आम्च्च, मेलम्चीको पानी !आम्च्च भन्दाभन्दै त्यो नाथे मेलम्चीलाइ कुर्ने हो भने तेरी छोरी बुढी हुन्छे ! आफ्नै खुसीले बे गरेर गै भने ती कान्तिपुरेका नातिनातिनाहरूले चैँ देख्न पाउलान् ! त्यसैले यो ज्यान जिम्दो छन्जेल बाँदरे चरित्र र प्रवृत्ति भाका ती नक्कली कान्तिपुरेहरूलाई चैं छोरी दिइन्न ! त्यस्तो काकाकुली देखि धुँवा र धुलोले आक्रान्त अनि ध्वनि प्रदुषण र फोहोरले ग्रस्त भा’ठाउँमा पनि छोरी दिन्छ ?

कान्तिपुर अर्थात आदिकवि भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ भनेर कविता फुराका शहर ! कान्तिको अर्थ हुन्छ चमक भने पुरको अर्थ हुन्छ शहर ! चमक भाको शहर भएर नै त्यो बेला कान्तिपुर शहर भनिएको होला ! हुन पनि हो नि गामघर भन्दा शहराँ चमक धमक नै हुन्छ भने गामघरका मुन्छी भन्दा शहरका मुन्छीहरू सुकिला भएर चम्केको देखिन्छ ! तर, यो आज भन्दा सयौं वर्ष अगाडिको कुरा ! उहिलेका कुरा खुइले भनेझैं भो ! अहिले त्यस्तो छैन ! भानुभक्तले वर्णन गरेको ‘अमरावती कान्तिपुरी नगरी’ भन्ने कान्तिपुरे बालाज्युमा २२ थान धारादेखि विभिन्ने ठामका हिटी धाराहरू भएर क्यार्नु आजकल तीे धाराहरूमा थोप्पो पानि बग्ने हैन ! नाम मात्रको २२ धारा सुन्धारा केके धारा भाको छ ! परिआएमा अहिलेका लोभी र पापीहरूको भकारीहरूले त्यै धाराहरू भा’ठामहरू पनि बेचेर खान बेर लाम्दैनन् ! एक ताका त खोप्लाङ्गेको ब्वारीले पनि ट्राइ मार्या रे भनेर अख्बारा लेख्याथेँ !

कान्तिपुर नेपालको राजधानी ! नेवार भन्ने वैश्य जातिहरूहरूको बाहुल्य भाको शहर ! वैश्य भन्ने बेपारी जात तर त्यो जातिलाई पानि मात दिने गरि एकरुप्पे साठी पैसे कम्पनि मोरुदेखि १४ रुप्पे युवाने जाति भित्रेका छन ! यही शहराँ आएर धेरैले मौकामा चौकादेखि छक्का हाने तर खाँटी कान्तिपुरेहरूले अस्तिन लिच्छवी, मल्ल काल देखिन राणाकाल हुँदै शाहकालसम्म जति सुबिधा पाका थिए त्यो भन्दा एक रौं बराबरको सुविधा न हिजो पाए, न आज पाको छन् ! किन पाएन त भनेर सोध्नुस् सिधै नेवारी भाषामा भन्छन् ‘भाय मस्यु’ (थाहा छैन) !

यसो हुनुमा दोष कस्को ? दोष शासकको त भै हाल्छ तर त्यो भन्दा सय गुणा बढी दोषी स्वयं कान्तिपुरे निवासीहरू छन ! कान्तिपुरेहरू भनेको चाहेको बेला बन्द, हड्ताल, नारा जुलुस गराउने राजनीति पार्टीहरूको रिमोटजडित मानव पुत्लाहरू हुन् ! यिनै पुत्लाहरूले रिमोटको इसारामा सात साल, छयालीस साल, त्रिसट्ठी साल देखाए तर पाए चैँ के त ? सामाजिक संजालाँ लेख्या जस्तो ‘बाबाजीका ठुल्लु’ ! अरु सेवा र सुबिधाको त कुरै छोडम जाबो पेट भरी पानी पिउन धरी दिन नसक्नेहरूको पछि लागेर अझै नेवा ः प्रदेशको सपाना देखेर बसेका छन हाम्रा कान्तिपुरेहरू !

‘खाँटी कुरा डटकम’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x