सुलसुलेमितेरीको कार्यक्रममा सम्मान
आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्म जयन्तीको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि मितेरी नेपालले असार २० गते साहित्यिक कार्यक्रम आयोजना गर्यो । मितेरी नेपालका उपाध्यक्ष महेन्द्र गुरुङको सभापतित्वमा र पूर्व कुलपति वैरागी काईलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मितेरी पत्रिकाको विमोचन र साहित्य सम्मान प्रदान गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट मितेरी पत्रिकाको विमोचन गर्नुका साथै कवि तथा गीतकार कालीप्रसाद रिजाललाई पारिजात स्मृति मितेरी प्रतिभा सम्मान प्रदान गरियो । त्यसै गरी साहित्यकार मुक्ति उपाध्याय बराललाई हरिभक्त कटुवाल स्मृति मितेरी प्रतिभा सम्मान, साहित्यकार लक्ष्मी उप्रेती र जयप्रसाद दाहाललाई मितेरी साहित्य सम्मानले सम्मानित गरियो । सम्मानित व्यक्तित्वहरूका बारेमा साहित्यकार कलाधर काफ्लेले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका महासचिव ललिता दोषीले स्वागत मन्तव्य र कवि भुवनहरि सिग्देल, नारायण निराशी, सुदेश सत्याल, मेनका पोखरेल, प्रीति कौर, उर्मिला पन्त पाण्डेय, शैलजा गजुरेल लगायतले कविता वाचन गर्नुभयो । साथै शम्भु गुरागाईले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईबाट सम्पन्न भएको थियो ।
–अरुणबहादुर खत्री ‘नदी’
Subscribe
Login
0 Comments
Oldest












































