जीवन ‘पीडित’ दाहालगनाउने दुध
निकै समयपछि सहरबाट गाउँको घर आएको छोरालाई बिहानको चिया आफ्नै हातले बनाएर खुवाउनु पर्यो भन्ने ठानेकी आमाले चिया बनाइन् र गाउँघरका हिसावले अबेलासम्म सुतेको छोरालाइ झकझक्याउँदै भनिन्– ‘बाबु उठ्, चिया बनाएर ल्याएकी छु’ र थपिन– ‘कति अबेलासम्म सुतिरहेको ?’
छोराले ओछयानबाट मुण्टोमात्र उठाएर चियातिर पुलुक्क हेर्यो र भन्यो– ‘छया ऽ खान्न म त ।’
छोराका भनाइले आश्चर्य चकित भएकी आमाले सोधिन– ‘किन र बाबु ?’
‘दुध हालेको र’छ नि त ।’– छोराले इन्कार गर्नुको कारण खोल्यो ।
आमा झन आश्चर्यमा परिन छोराका कुराले– ‘के हुन्छ र दुध हालेर ।’
‘गनाउँछ नि ।’– छोराले अथ्र्यायो ।
‘ए ! अब तँलाई दुध गनाउँन पो थाल्यो बाबु ?’– आमाले उदास भएर भनिन् ।
जुरोपानी– ४, झापा, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































