साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरुप कविता

Nepal Telecom ad

सबैभन्दा कुरुप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता

सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ !

आऊ प्रिय कविहरू
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
कलाको अनन्त बन्धनबाट मुक्त पारौं
र हेरौं–
कविताको बत्ति निभेपछि
अझ कति अँध्यारो देखिँदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता !

के अन्तर छ
मन्दिर र वेश्यालयको नग्नतामा
के अन्तर छ
संसद भवन र आर्यघाटको दुर्गन्धमा
के अन्तर छ
न्यायलय र मासु पसलको क्रूरतामा
यिनीहरूकै पर्खाल बाहिर
सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता

आज त्यसलाई
कुरुप पार्न मन लागेको छ !

नवलपरासी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x