साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरको अदालतमा बयान

Nepal Telecom ad

गरिखानु जत्रो ठूलो अपराध
शिरछेदन गर्नु होइन !

ईश्वर,
म अपराधी थिएँ !

मरन्च्याँसे आइमाईको पेट च्यातेर
जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो
चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि
बाको सूर्ति चोरेर भोक थुमथुम्याउनु अर्को अपराध
अलिक ठूली भएपछि
स्त्रीअङ्ग छोप्न देवीथानमा चढाएका ध्वजा च्यातेकै
हुँ
दाइजो बिना लोग्नेको घर जानु त
उफ् ! महाअपराध थियो !

भकारीमा विपद्को आगो सल्किएपछि
भोकको गुँडमा बचेरालाई जन्म दिनु अपराधै थियो
देशको सरकारलाई थुक्नु जत्तिको अपराध
ससुराले लाइदिएका गहना बेचेर दलाललाई पोस्नु थिएन,
अरब भूमिमा अवतरण गरेदेखि
सिउँडी–मालिकको यातना सहनु त अपराधै थिएन
त, मैले अत्याचारको विरोध गर्नु
उफ् ! भयङ्कर अपराध थियो !

हो, ईश्वर !
म अपराधी थिएँ !
यति अपराध गरेर पनि
बाँच्ने सपना तोड्न नसक्नु जत्रो अपराध
शिरछेदन गर्नु होइन !

रगत् पिएर मातेको यो धरतीको कानुुनद्वारा
शिरछेदन गर्नु के अपराध थियो ?
बरु जान्न चाहन्छु ईश्वर,
रगतको भलले कानुनका पानाबाट
मेरो यो अपराध पखालिन्छ कि पखालिदैन ?
आज्ञा होस् ईश्वर,
अब म स्वर्गको टिकट काटूँ कि नर्क भासिऊँ ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x