साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सवालाष्टक

Nepal Telecom ad

१. जन्ती अरे कुक्कुरको भन्थे ! के हो ? के हो ?
छक्क पर्थे ! अझै पर्छु ! भनेको यो के हो ?

२. भेडाको हो हुल भन्थे ! भनेको यो के हो ?
छक्क पर्थे ! अझै पर्छु ! भनेको यो के हो ?

३. स्यालको यो हुइयाँ हो ! भनेको यो के हो ?
पशु हो यो ! भन्थे किन ? यस्तो कुरो के हो ?

४. हाइ हाइ ! अर्काकै छ ! अल्छे ! भन्थे के हो ?
जो आए नि बत्ती बाल्ने ! भन्थे ! कुरा के हो ?

५. हनुमान् हो ! यस्तो भन्थे ! भनेको यो के हो ?
चाकरीको जुग गयो ! भनेको यो के हो ?

६. जदौ ! जदौ ! निन्दा हुन्थ्यो ! यो नै वढ्या’ के हो ?
‘विभीषण’ भन्ने गर्थे ! बढेको यो के हो ?

७. गीता पढ्ने महाज्ञानी ! यस्तो सुन्थे के हो ?
बाउन्न पो धेरै पढ्ने ! यस्तो चाला के हो ?

८. बहिरा र अन्धा हुने देश ! भन्या’ के हो ?
नयाँ अरे यही देश ! यो भन्या’ नै के हो ?

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x