साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा लाउँछे

Nepal Telecom ad

हिजोआज एउटी केटी आँखा लाउँछे यार
लुकीलुकी मलाइ भेटी आँखा लाउँछे यार

भागी हिँड्छु तर पनि सधैं पछि लाग्छे
ओठैभरी छ कलेटी आँखा लाउँछे यार

बजारतिर निस्कन्छु म उतै पुग्छे मोरी
कैले सडक कैले पेटी आँखा लाउँछे यार

पारो तात्छ किन यति हत्ते गरेकी क्या
लाग्छ मारूँ रेटी रेटी आँखा लाउछे यार

क्यै गरे नि अब टाडा नहुने भै कोप्ची
गर्छे माया मरिमेटी आँखा लाउँछे यार

मोहनीको डर लाग्यो गुरु भेट्न गएँ
फोकटमा लग्यो भेटी आँखा लाउँछे यार

परी जस्ती मैयाहरू टाडा टाडा हुन्छन्
के गर्नु र यो घँसेटी आँखा लाउँछे यार ।

नलाङ ७ बैरेनी धादिंङ
हाल– कुरुक्षेत्र विश्वविद्यालय, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x