सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आँखा लाउँछे

Nepal Telecom ad

हिजोआज एउटी केटी आँखा लाउँछे यार
लुकीलुकी मलाइ भेटी आँखा लाउँछे यार

भागी हिँड्छु तर पनि सधैं पछि लाग्छे
ओठैभरी छ कलेटी आँखा लाउँछे यार

बजारतिर निस्कन्छु म उतै पुग्छे मोरी
कैले सडक कैले पेटी आँखा लाउँछे यार

पारो तात्छ किन यति हत्ते गरेकी क्या
लाग्छ मारूँ रेटी रेटी आँखा लाउछे यार

क्यै गरे नि अब टाडा नहुने भै कोप्ची
गर्छे माया मरिमेटी आँखा लाउँछे यार

मोहनीको डर लाग्यो गुरु भेट्न गएँ
फोकटमा लग्यो भेटी आँखा लाउँछे यार

परी जस्ती मैयाहरू टाडा टाडा हुन्छन्
के गर्नु र यो घँसेटी आँखा लाउँछे यार ।

नलाङ ७ बैरेनी धादिंङ
हाल– कुरुक्षेत्र विश्वविद्यालय, भारत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण