साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइको

Nepal Telecom ad

क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?
थाहा छैन समाजले साइको भनी फ्याँक्या ?
न छ तिम्रो फेर्ने सट न छ राम्रो जुत्ता
तर पनि लेखक भन्दै उचाल्छौ नि खुट्टा
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

स्कुल जान्न भन्छे छोरी, छोरा त्यसै गर्छ
तिम्रो नाथे क्याक्याबाट कहिले पैसा झर्छ ?
बेच्न मिल्ने सबै बेच्यौ छाप्यौ गन्थनमन्थन
भन बुढा ! तिम्रो गन्थन कसले सुन्छन् पढ्छन् ?
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

कस्तो कर्म यस्तासँग भयो नि है भेट
भन बुढा ! त्यो क्याक्याले भर्छ भोको पेट ?
आफ्ना सन्तान लाखापाखा राष्ट्रको पीर गर्छौ
अरू बाँच्छन् धेरै वर्ष तिमी चाँडै मर्छौ
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

हामी दुई मरे हुन्थ्यो मर्छन् छोराछोरी
तिम्रो क्याक्या साहित्यले गर्नु ग¥यो हरि !
जति लेख्छौ च्यातीच्याती फ्याँकिदिन्छु अब
त्यति गर्दा नमानेमा छोडिदिन्छु सब
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

कहाँ पुगे साथीभाइ कहाँ पुगे अरू
छोराछोरी रुन्छन् कठै ! मैले के पो गरुँ ?
साइको बाबु तेरो भन्दै जिस्क्याउँछन् अरे !
सबैको आँखाबाट झर्नसम्म झरे
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

लछारपाटो लाउने होइन तिम्ले क्याक्या लेखी
आजित भएँ साह्रै बुढा ! तिम्रो चाला देखी
लेख्ने भए लेखिरहू हामी जान्छौँ पर
विज्ञापनले उठ्छन् सबै जेजे गर्छौ गर
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

मर्म तिम्रो बुझ्ने भए सबले गर्थे हीत
कहाँ हुन्छ यो कलीमा सत्यको नै जीत
बाँचुन्जेल मानसान हुँदैन है बुढा !
फू गर्दा ढल्ने भयौ कति धस्छौ घँुडा ?
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

तिमी छौ है साह्रै सोझा चल्तापुर्जा अघि
क,ख,ग,घ जे लेखे नि बन्छन् ठूलै कवि
मरेपछि टक्र्याउलान् दोसल्ला, पुरस्कार
बाँचेसम्म हुन्छ बुढा ! सधैँ तिम्रो हार
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?

लेख्न छोड गन्थनमन्थन माया भए हाम्रो
लेखीलेखी मर्छु भन्दै नबन न चाम्रो
यहीँ बस भन्छौ भने सजाऊ घरबारी
साइको बन्न नजाऊ बुढा ! काँडाको त्यो झाडी
क्याक्या कोर्छौ क्याक्या बुढा ! क्याक्या कोर्छौ क्याक्या ?
थाहा छैन समाजले साइको भनी फ्याँक्या ?

बुद्धनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x