रणबहादुर बुढाथोकी ‘भैया’फुललबुट्टे रुमाल
भर्खरै एक हूल रङ्गीन फूलहरू
बगैँचाबाट फुत्त निस्केर
मेरो फुलबुट्टे रूमाल लिएर भागे !
शीतजस्तै
सपनीमा अल्झिएको गीतजस्तै
सम्झनाको त्यो रूमाल
रूमालमा थिए बादलका भुवाझैं भावनाहरू
पूmलहरूले जसलाई
आफ्नै मतलबको धारिलो हतियारले निर्मम हत्या गरिदिए
र बनाइदिए लाज ढाक्ने वस्त्रझैं
तैपनि नाङ्गो हाँगामा पातजस्तै पलाउन खोजिरहे
ऐँजेरु भएर रूखमै आइदिए पूmलहरू !
साँझको बत्तीमा रमाउने पुतलीहरू
बगैँचामा चिरबिर–चिरबिर गर्ने चराहरू
या नदी भेट्न हतार ओरालो झर्ने झर्नाहरू
तिमीहरूकै सौन्दर्यमा लठ्ठिने जोगीहरू
अब म जम्मैलाई
सुनाउँछु तिमीहरूको पोल
आगोमा जलेको घाउ जस्तै
म मेरो मुटुको गीत गाएर सुनाउँछु
र तिमीहरूकै विरूद्धमा उठाउनेछु !
धड्कनजस्तो मुटु साट्ने बहानामा
कति रूँदारूँदै आत्महत्या गरे
कति होसीहरू बेहोसी भए
त्यही बेहोसीमा
मैले जस्तै कतिले गीत लेखे
मैले जस्तै कतिले कविता लेखे
मैले जस्तै कतिले वियोग गाए
तर खोइ कहाँ छ मूल्य तिनीहरूको ?
नाथे फूलहरूसँग
आँसु बगाउनुको साटो
अब म जम्मैलाई असिना बनाएर
तिमीहरूको बगैँचामा आउनेछु
र मार्नेछु तिमीहरूको सारा सुगन्ध !
ए फूलहरू !
भन, अब त्यस्तो के छ अर्को हतियार
जसले निरीह बनाउन सक्छौ
हामीहरूलाई ?
Subscribe
Login
0 Comments
Oldest




































