साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूलपाती

Nepal Telecom ad

(दशैं विशेष २०७१)

हँसिया र बन्चरो समाउँदै

समय बदल्न
बागबजार पुग्छौँ
चिया प्युँदै
हामीहरू कविता बजाउँछौँ
एउटा कफिसपमा
डफ्फा बाँधेर
हामीले
कविताका
फूलपाती चढायौँ
लहलहाउँदो
शरदऋतु
छताछुल्ल भएर बगिरहेको थ्यो
बागबजारमा
निस्फिक्री भएर
इतिहासका कुरा गरिरह्यौँ
मशाल बोकेर
ओमबहालतिर दौडिएका
कथाहरू र कविताको
काखी च्यापेर
नवजागृतिलाई खुल्ला गर्न
एक विन्दुमा उठ्नु पर्छ
हामीले भनिरह्यौँ
हाम्रो माक्र्सवाद
फिलिङ्गोझैं बालेर
आजसम्मका
कथा सुनायौँ
फूलपातीका दिन
हामी कविहरूको समय
डुङ्डुउँदै गएको छ
फसफसाउँदै
मोर्चाबाट नअलगिएको
घोषणा गर्दै
माक्र्सवादी कविताहरूलाई
फैलाउन
कविताको अस्तित्वमा नै
शक्तिशाली परिवर्तन ठानेर
हामी
साम्यवादको उत्सव मनाउन
बागबजारमा
जम्मा भएका थियौँ
कवितामै समपर्ण भएर
आँखा खोल्दै
उकुसमुकुस राजनीतिलाई
गुदी भर्न
हामीले कवितालाई सुमसुम्याउनुपर्छ
हाम्री फूलपातीले पनि
यसै भनिन्
हजारौँ मानिसहरूको बलिदानलाई
आफ्नो पथ
निर्माण गर्दै
कविताबाट देश बनाउन
आँधीहुरी छिचोलेर
कविता सुनाइरहेछु
हाम्रो महत्व निकै छ
कम्युनिष्ट आन्दोलनले बुझ्ने छ
मुर्दा भएर झुन्डिएको लोकतन्त्र
गणेशमानको छायाले
घोषणा गरिरहेको
हामीलाई आभाष हुन्छ
माक्र्सवाद सुहाउँदो
कविता लेखिरहेछौँ ।
फुलपातीको दिन
बादशाहहरू
खुल्ला मञ्चमा हर्कबढाई गरिरहेका थिए
हाम्रा कविताहरू
घनश्यामझै चड्किरहे
निरन्तर
बागबजारमा ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x