साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमेडी कपिललाई बिर्साउने मनोजको मञ्च

Nepal Telecom ad

काठमाडौं, मंसिर २५– भारतीय टीभी च्यानल ‘कलर’बाट प्रसारण हुने ‘कमेडी नाइट विथ कपिल’ नेपाली दर्शकमाझ पनि लोकप्रिय भैसकेको छ ।
भारतमा सबैभन्दा बढि हेरिने यो टेलिभिजन शोले नेपाली दर्शकको समेत आकर्षण बढाइरहेको बेला यस्तै प्रकृतिको नेपाली शो पनि प्रसारण हुँदैछ ।
मंसिर २६ गते बुधबारदेखि हिमालय टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने ‘हास्य व्यंग्य केन्द्र’लाई हास्यव्यंग्य कलाकार मनोज गजुरेलले सञ्चालन गर्दै हुनुहुन्छ ।
‘उताबाट कपी होइन, हामीले आफ्नै मौलिक ढंग र स्वरुपले कार्यक्रम सञ्चालन गर्न लागेका हौं’ उज्यालो अनलाइनसितको कुराकानीमा गजुरेलले भन्नुभयो । नेपालको तराई र पहाडको संस्कृतिलाई झल्को दिने गरी तयार पारिएको मञ्चमा अरु हास्यव्यंग्य कलाकार र कवीहरुले पनि साथ दिने गजुरेलले जानकारी दिनुभयो ।
‘नेपालमा स्ट्याण्डअप कमेडीको खडेरी भैरहेको बेला केही नयाँ प्रस्तुति दिने उद्देश्यले कार्यक्रम निर्माण गरेका छौं’ गजुरेलले भन्नुभयो ।
त्रिवीर क्रिएसनको प्रस्तुति हास्य व्यंग्य केन्द्रलाई छोटकरीमा एचबीसी भनिएको छ । ‘मानिसको रगतमा आरबीसी र डब्लुबीसी भएजस्तै अर्को फ्याक्टर एचबीसी पनि आवश्यक पर्छ’ गजुरेलले भन्नुभयो, ‘एचबीसी अर्थात ह्युमर बल्ड सेल, मानिसको मस्तिष्कमा खुशी र मनमा आनन्द प्रवाह गर्न ह्युमर पनि आवश्यक पर्ने भएकाले यसलाई ध्यान दिँदै कार्यक्रम गर्न लागिएको हो ।’
एकसय भाग प्रसारण गर्ने लक्ष्य रहेकोमा २० भागको छायांकन सकिसकेको गजुरेलले जानकारी दिनुभयो । पुराना नहुने राजनीतिक घटनाक्रम र सामाजिक विषयवस्तु प्रस्तुतिमा समेटिएको छ । कलाकार र दर्शक खचिखचाउ हुने मञ्चको प्रस्तुतिले नयाँ स्वाद दिने गजुरेलको विश्वास छ ।
सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x