साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हँस्सी मात्रै लेखिरैछु आँसु झार्नुस् !’

Nepal Telecom ad

साहित्यप्रेमी मेरा एक पालिस–मित्र छन्
महाकवि देवकोटाका अनन्य भक्त छन्
उनी कथा कविता केहि लेख्दैनन्
तर देवकोटाका प्राय सबै रचना उनलाई कण्ठ छन् ।

मलाई दशा लागेर उनलाई मैले एकदिन भनेँ–
महाकविका रचना कण्ठ पार्नु भन्दा,
महाकविका कुरा आफ्नो जीवनमा उतार्नु पो राम्रो
त्यहि एकबुँदे प्रस्तावमा सहमति भयो हाम्रो
त्यस दिनदेखि चुरोट खान थालेका छन्
र बेला बेला भन्ने गरेका छन्–
रोगमा त क्यान्सर नै हो राम्रो !

जब उनको घरमा कुनै पाहुनाको प्रवेश हुन्छ
ल्याई हाल्छन साग र सिस्नुको फाँडो पस्की
साथमा पानी पनि ल्याउँदै भन्छन्
“पानी, रानी, सब रसकी”
त्यो फाँडोको भाँडोले त्यसकै मुखमा हानुँ भन्छ यो मनले
उनी मुसुक्क हाँस्दै भन्छन्
“साग र सिस्नु खाएको बेस आनन्दी मनले” ।

उनलाई भेटमा जब कुनै परिचितले सोध्छ–
“के छ तपाइको हाल”
रेडिमेड उनको उत्तर आउँछ,
“जरुर साथी म पागल, यस्तै छ मेरो हाल”
आफ्नो थर फेरेर पाँडे राखेका छन्,
साहित्यिक “मेरो नाम छ साँढे” भन्न थालेका छन् ।

खोला खहरे जब तर्नु पर्छ
“कहाँ छ गहिरो ?” यो उनले सोध्नै पर्छ
“इश्वर बस्तछ गहिराईमा” अचानक त्यो कविता झर्छ ।

बेला बेला औषधि पसल पुग्छन्
जेसुकै होस् सस्तो एक मलम किन्छन्
नजिकको अस्पतालमा भर्खर अप्रेसन गरेका बिरामी खोज्छन्
भेट्छन र सोध्छन्– “के घाउ चहराई रहेको छ ?
भन्नुहोस, नत्र मैले मलम ल्याएको छ ।”

उनी जब कुनै नाटक गृहमा नाटक या सिनेमा हलमा सिनेमा हेर्न पस्छन्
बस्छन् र पर्दा नखुलुन्जेल एउटै लाईन गीत गुनगुनाई रहन्छन्
“हे दैव पर्दा चाडैनै उठा धन्य छ तँलाई ।”

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x