साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाकडी

Nepal Telecom ad

आऊ आऊ मोदी आऊ
वर्षको दुई चार चोटी आऊ
प्लेनबाट मात्रै होइन
गाडी चढेर आऊ
गाउँ घरको बाटो बनाऊ ।

तिमी आउँदा यहाँको बाटो बन्छ
जनताको आँगनको माटो बन्छ
सरसफाइको मेला लाग्छ
थोरै भए नि राष्ट्रियता जाग्छ
गन्ध आउने गल्ली
बास्नादार बन्छन्
सबका सब क्या मोदी
वाह वाह भन्छन् ।

आऊ मोदी फेरि आऊ
हाम्रा नेतालाई सक्दो फकाऊ
भाषण गर सदनमा
हामी ताली बजाउने
वीरका सन्तान हामी
किन लजाउने ?

हामी सवको भाग्य
विधाता बनिदेऊ
हाम्रा नेताहरूलाई
तिमीहरू पनि मान्छे नै हौ भनिदेऊ ।

आऊ मोदी यता आऊ
नाफा खोज्दै व्यापार बढाऊ
हामी सुन दिएर नुन किनौँला
दुई छिमेकी वर्षौं मिलौँला
हामी सँगसँगै
नदी साटौँला
जनताको लागि ठूलो
काम भन्दै ढाँटौँला ।

हाल– स्यादुल, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिउको माला !!

बिउको माला !!

मुननारायण श्रेष्ठ ‘प्रभाषी’
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x