साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँसुकविको कहिरन !

Nepal Telecom ad

हैन हौ ! मैले त सुनेको
मनमा पनि गुनेको
तँ त आँसुकवि भइस् रे,
थरीथरीका पाठकलार्ई
पुर्पुरैमा हात राख्ने बनाइस् रे ।

तेरा बाउ त हलो–कोदालो गर्थे
आमा बाख्रापाठा स्याहार्थिन्,
दिदी–दाजु अर्काको बनिबुतोमा जान्थे,
तिनीहरूको शरीरमा पसिना मात्र हुन्थ्यो
अमिल्चो गन्ध पसिनाकै आउँथ्यो ।
तँ मात्र कसरी आँसुकवि बनिस् ?
कि आँखामा छारो हाल्ने सूत्र नै घोकिस् ?

आँखामा आँसु हुने मान्छे कवि भयो भने
त्यही नै आँसुकवि कहलाउँछ,
पसिनाको खानी भएका बाउआमाले
कसरी आँसु जमाउन सक्छन् ?
कि हातमा कलम हुनेले
आफूलाई जे पनि बनाउन सक्छन् ?
नत्र, बात मारे पनि कविता
गाली गरे पनि कविता
उठे पनि कविता
सुते पनि कविता
हैन हौ ! कवितालाई कत्ति सस्तो बनाउँछस् ?

जय होस् तेरो,
चित्त दुखे पनि कविता फुर्छ,
चित्त भरिए पनि कविता आउँछ,
खोयाबिक्रेको रनाहा हुँदा
अझ कविता नै ओछ्यानमा पुग्छ ।
अझ, नयाँ–नयाँ कविको
नयाँ–नयाँ पुस्तक हात परिञ्जेल
तँ त आँसु नै आँसुको कवि बन्छस्,
एकै रातमा आठ–दशटा उतार्न भ्याउँछस् ।

महावीर मावि, बिषहरिया–४, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x