साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैतालो उड्न सक्दैन !

Nepal Telecom ad

हे पैताला मुनिका धुला हो !
उड न उड, तिमी त उड्न सक्छौ,
पैतालो उड्न सक्दैन ।

हावासँग मिली तिमी उड्न सक्छौ
जति तेजिलो होस्, घाम त्यो छेक्न सक्छौ
पुगी टाकुराको पनि टाकुरामा
जमेर उमार्न तिमी बिउ सक्छौ ।

थिचिन्छौ सधैं नै किन पैतालाले ?
आँखामा गएर कदम रोक्न सक्छौ
धुलो भई धुलो झैं सधैं धर्तीमा छौ
उड न आकाशमा तिमी उड्न सक्छौ
पैतालो उड्न सक्दैन ।

लिई पानी साथी तिमी धर्तिमाथि
उमारेर वृक्ष फलाई दिन सक्छौ
किन मिचिएका किन थिचिएका ?
उड न धुला हो, तिमी उड्न सक्छौ
पैतालो उड्न सक्दैन ।

थियौ तिमी चट्टान बन्यौ धुलो अहिले
नियति यो तिम्रो तिमी फेर्न सक्छौ
आफ्नै हो धर्ति यो तिम्रो स्वरुप
उड जाऊ आकास तिमी जित्न सक्छौ
पैतालो उड्न सक्दैन ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x