साइबर अपराध सम्बन्धी सचेतना सामग्री

\’नजाऊ न हाम्लाई छोडी\’

Nepal Telecom ad

अाठ माघ भित्रैमा संविधान भित्र्याउनुपर्ने चटारोको बेलामा तिमीले एक्कासि घर छाडेको हामी दाजुभाइ-दिदीबहिनीलाई निको लागेको छैन । घरको सबैभन्दा टाठोबाठो र आशालाग्दो छोराको यस्तो अड्बांगे पारा देखेर हामी खिन्न भएका छौँ । तिमीले ७४ जिल्लाका जनताको वास्तै नगरी एउटा जिल्लाका जनतासँग मात्र सल्लाह गर्ने र उनीहरूले जे भन्छन्, त्यही गर्ने भन्दै रोल्पातिर लागेको देख्दा हाम्रो चित्त कटक्क काटिएको छ । त्यहाँँ गएर बंकरमा सुत्छु भन्दा त झन् हाम्रो भक्कानो नै फुटेको छ ।

हामीलाई हाम्रो भन्दा तिम्रै चिन्ता बढी छ । हामी तिम्रो त्यो बूढो र शिथिल हुँदै गएको ज्यान फेरि ओडार र बंकरमा सुतेको हेर्न सक्दैनौं । यो उमेरमा कहाँ हिँडाउन सकिन्छ र त्यो भ्यात्ले भुँँडीलाई पहाडका उकाला-ओरालामा ! बन्दुक त झन् उचाल्न पनि सकिँदैन, यो उमेरमा । काँध खत्रक्क हुन्छ । खुट्टा फत्रक्क गल्छन् । उकालोमा स्याँस्याँ-फ्याँफ्याँ हुन्छ । मुटु हल्लिन्छ । हृदयाघात हुन सक्छ । ओरालोमा जीउ नथामिएर घुसमुन्टिन सकिन्छ । झाडीमा छिर्दा सुकोमल हातहरूमा सिस्नुले पोल्न सक्छ । काँडाले कोतर्न सक्छ । त्यो दुर्गम ठाउँमा बिरामी भइयो भने कुनै सुविधासम्पन्न अस्पताल पनि छैनन् । त्यसैले यस्ता कुनै जोखिम नउठाऊ । बरू, पछि संविधान बनेपछि गएर बंकरको भग्नावशेषमा बसेर एउटा गतिलो संस्मरणात्मक उपन्यास लेख्न सकिन्छ । अहिलेलाई भने घर र्फक ।

फोटो खिच्नसम्मलाई हो भने ठीकै छ । फोटो खिचेर र्फक । कम्ब्याक्ट ड्रेसमा ढुंगाको सिरानी हालेर खिचे पनि हुन्छ । गोलीगट्ठाको माला भिरेर खिचे पनि हुन्छ । प्रहरी चौकीतिर बन्दुक सोझ्याएर खिचे पनि खिच । पहिला बास बसेका घरमा खिच, युद्धका घाइते वा सहिदका परिवारसँग बसेर खिच । झुपडीका भान्सामा बसेर ढिँडोको गाँस उठाएर खिच । तर, अब साँच्चिकै बन्दुक नबोक । पटक्कै सुहाउँदैन । हिन्दी फिल्मको अल्छे भिलेन जस्तो देखिन्छ । हिरोले हिरोकै रोल गरेको राम्रो हुन्छ ।

दुई दिन तिमी नहुँदा यहाँ धेरैको होस उडेको छ । तिम्रै भरमा तिम्रावरिपरि गोलबन्द भएका साना नेताहरू आत्तिसके । तिम्रै पार्टीका प्रतिस्पर्धी नेतादेखि सत्ताधारी दलका नेताका समेत ओठतालु सुकिसके । अब तिमीले भनेजस्तो तिनीहरूलाई लातले हानिराख्नै पर्दैन, तिम्रा बातले नै तिनीहरू थर्किसके ।

तिम्रो अनुपस्थितिको फाइदा उठाउँदै तिम्रो गठबन्धनका कतिपय नेतालाई शत्रुहरूले फकाएर सरकारमा हुल्न लागिसके । तिमी तुरुन्त आऊ । आउँदा के के न स्यालकै सिङ लिएर आएजस्तो गरी हौसिँदै र उचालिँदै आऊ । तिमी आयौ भने उसै गरी वरिपरि सञ्चारकर्मीको भीड लाग्नेछ । पत्रपत्रिका र टेलिभिजनहरूमा तिमी छ्यापछ्याप्ती छाउनेछौ । सबैले तिम्रो आरती उतार्ने छन् । तिमी आऊ ।

अन्तिम कुरा, भारतका प्रधानमन्त्री मोदीले तिमीलाई नै उद्धृत गरेर संसारभरि नेपालको नाम फैलाइसके । सार्क सम्मेलनमा आएका बेला उनले \’खोइ शान्ति प्रक्रियाका आइकन\’ भनेर सोध्दा हाम्रा प्रधानमन्त्रीले के जवाफ दिने ? उनलाई नाजवाफ हुनबाट जोगाउन पनि तिमी तुरुन्त र्फक ।

हामी एउटा गीतको हरफ गाउँछाैँ, तिमी पुरानो हाँसो अनुहारमा फर्काएर आऊ:

नजाऊ न हाम्लाई छोडी मुखै मोडी दिलै तोडी झिल्के मायालु ।

नेपाल साप्तािहक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x