मरुभूमि नारायणनडरा ए !
हुँदैन कि पीडा शायद, दिलमा नराखेमा
फेर्न सक्छयौ प्रेमी पनि, माया नफापेमा
राज्यको यो ढुकुटी नि, रित्तो हुँदैनथ्यो
मुसो जस्तै रखवालाले, दुलो नकाटेमा
शङ्का गर्छ यति धेरै, मेरै साथी मलाई
पानीसम्म, पिउँदैन ऊ, मैले नचाखेमा
के वर भनी दिँदो रैछस्, हेर्छु म नि भोले
सत्य–सत्य तेरै ‘उमा’, मैले नमागेमा
पुग्छस् पक्कै गन्तव्यमा, नडरा ए ! ‘सुनील’
जिन्दगीको अन्तिम सिँढी, चढ्दा नथाकेमा ।
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































