साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुम्चनवाद – जिन्दावाद !

Nepal Telecom ad

नेता बन्न भारत जाऊ
खाना खजाना उसकै ल्याऊ
हिन्दी सिरियल गाना गाऊ
फर्की देशमा नारा लाऊ–
“विदेशी बिस्तारवाद भगाऊ”
के हो स्वदेशी के हो विदेशी ?
पहिला त्यत्ति त पत्ता लगाऊ !
आफ्नो खुम्चनवाद जगाऊ !!

विदेशी बिस्तारवाद भगाऊ
माक्र्स लेनिनका फोटा सजाऊ
माओ आफ्नो नेता बनाऊ
लुगा उनका जस्तै लगाऊ
को हो स्वदेशी को हो विदेशी ?
पहिला त्यत्ति त पत्ता लगाऊ !
विदेशी बिस्तारवाद भगाऊ !
आफ्नो खुम्चनवाद जगाऊ !!

पत्नीलाई डिभी भराऊ
छोराछोरी विदेश पढाऊ
देशको पैसा उतै लगाऊ
आदेश सहयोग माग्न जाऊ
के हो विस्तारवाद भनेको ?
पहिला त्यत्ति त पत्ता लगाऊ !
विदेशी बिस्तारबाद भगाऊ
आफ्नो खुम्चनवाद जगाऊ !!

विदेशी बिस्तारवाद – मुर्दावाद मुर्दावाद !!
स्वदेशी खुम्चनवाद – जिन्दावाद जिन्दावाद !!
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x