साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ बन्धुको होस् जय !

Nepal Telecom ad

रन्क्यो बन्धु रनक्क, घोर खहरे बिर्साउँदै जोडले
वार्ता लात दिएर, जात थरमा उल्र्यो अहो क्रोधले ।
ठ्याम्मै बालकको हठै लिन गई, थाङ्नो भयो आखिर
च्यात्यो सुन्दर घोषणा किन यहाँ, खायो त्यसै जागिर ।।१।।

लाग्थ्यो साहसको अदम्य रुप नै, वाचाल यो वाक्हरि
लाग्थ्यो क्यै नव क्रान्ति ल्याउँछ यहाँ, नेपाल बन्ने गरी ।
देख्ना डाल रहेछ बन्धु बबुरो, घिच्ना त कालै भयो
पार्टी ध्वस्त गराउँदै हिँडिदिँदा, आखीर एक्लै भयो ।।२।।

पुग्ने हो कि त हेग बन्धु बिचरो, या अख्तियारे घर
आफ्नै पुत्र–कलत्र कम्सल हुँदा, झन् भासियो तल्तल ।
वक्ता सुन्दर हो प्रचन्ड रुपका, कल्ले बिगार्यो कुनि ?
छोडी बात नभाग बन्धु कहिल्यै, धिक्कार बन्ला जुनी ।।३।।

माओ यो दल कस्तरी फुटिगयो, सीसा फुटेझैं यहाँ
एक्लै लड्न हुँदैन मूर्ख नबने, राम्रो छ वार्तैमहा ।
बाबुरामसितै मिलेर अहिले, ल्याउ नयाँ कानुन
थोत्रो बङ्करयुद्ध मोह नगरी, ल्याउ नयाँ कानुन ।।४।।

धेरै दुर्बल छौ, बली म हुँ भनी, छोड्द्यौ यहाँ गर्जन
राम्रो काम गरे सबै जन मिली, भन्छौं तिमी सत्जन ।
त्यै रत्नाकर वाल्मीकि पनि बने, अङगूली बोधि भये ।
बुझ्द्यौ बन्धु प्रचन्ड तेज ननिभोस्, लौ बन्धुको होस् जये ।।५।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x