साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोटमा भोट बडा बडा ओठ

Nepal Telecom ad

आम नेपाली जनताको आस्थाको धरोहर ठूला राजनीतिक दलहरु मध्ये रुख अर्थात् वृक्ष वा बोटमा भोट खसालेर दोस्रो संविधान सभा २०७० बाट जनता बडा बडा ओठ गर्दै वाञ्छित फल पाउने आशमा सास फेरि राखेका छन् । अवश्य पनि त्यो वृक्ष साल्मलि तरु (सिमलको रुख) नबनोस् फलदायिनी वृक्ष अर्थात् आम्र वृक्ष बनोस् । तमाम देशवासीबाट भर पर्दो अभिभावक प्राप्तिको चरम सुखमा सास फेर्न रुखको पछि लागेको सङ्केत मतदाताबाट मिलेको छ । द्रव्यादि धन दौलतले मात्र मान्छेलाई सुख दिँदैन यस अर्थमा घुस खानु, ठग्नु, लुट्नु, चोर्नु वा स्वभावत चरम चुइँयाँपन व्यार्थ लाग्छन् । धनधान्यले सर्वमान्य नभए पनि भयरहित वातावरणमा चरण दौडाउन पाइयो भने त्यहाँनेर सुखानुभूतिको सूत्रपात भएझै लाग्छ । हुल हुज्जत, आतङ्क, मारपिट भएरहित वातावरणमा आफ्नो संस्कार, संस्कृति, परम्परा धान्दै नियम कानुन मान्दै परिवारमा साना ठूला मिलीजुली दुःख झेल्दै, खाँदै खेल्दै, सकेको जानेको काम गर्दै अरूलाई कुनै कष्ट र बाधा नपु¥याई जिउन पिउन पाए सोझा सिधा जनताका लागि यही नै सुख र स्वर्ग हुन्छ । नियम कानुन बनाउने ठूला दलले प्रत्येक निर्वाचनमा आफ्नो मत तल परेछ भने पनि आफूलाई पायक पर्ने किसिमले कानुन बदल्दै राख्नु पनि चरम अन्याय र केटाकेटीपन ठहर्छ । सबैलाई समानताको आधारमा न्यायोचित ढङ्गले जनतालाई लागू हुने कानुनले नै सर्वाेच्च नेतालाई पनि काम गरोस् । नेतालाई कानुनले नछुने तर निम्न वर्गलाई देखाउन मात्र न्याय, कानुन वा संविधानको निर्माण हुन्छ भने त्यसलाई अहो दुर्भाग्य ठान्नु पर्छ । बलपूर्वक अर्थात् पदिय दायित्वको दुरुपयोग गर्दै जन चाहनालाई लत्याउने दुष्चेष्टा भएमा त्यस्ता नेतालाई हस्तिनापुरको राज होइन चपरीमुनिको बास गराउने तागत जनतामा सुरक्षित छ । नेताले पक्कै पनि सुमार्ग समाउँदै यथोचित निकासका साथ समयमै संधिवान दिन पछि पर्ने छैनन् । नेपाली जनताको अपेक्षा र आशा यसैमा केन्द्रित रहेको पाइन्छ ।
हँसिया हथौंडा र घामको तुलनामा शान्त आस्तिक स्वभावको नेपाली काँग्रेसबाट नेपाली जनताको मन पग्लिएछ क्यार नेतृत्व गर्ने मिलेर अग्रणी भूमिका निभाउन जिम्मा दिएको छ तर काँग्रेस सदा जप्न चाहन्छ “ॐ नमो ब्रह्मण्यदेवाय गोब्राह्मण च । जगद्धिताय कृष्णाय गोविन्दाय नमोनमः । अर्थात् यस ब्रह्माण्डमा भएका देवता, गाई र बाहुन वा सतोगुणीहरुको हित चिताउने यस जगत्को हितको लागि कृष्ण भगवान्लाई पनि नमस्कार । हित हुन्छ भने काँग्रेस नमस्कार गर्न तयार छ । झुक्न तयार छ । अलिकति छट्टु नास्तिक स्वभावको पार्टीले जप्न रुचाउँछ “चोरी चाकरी नगरी चतुर्याइँ हुन्न । दङ्गा फसाद नगरे इज्जतै रहन्न भन्छ । विध्वंश मच्चाउँछ । यस्तै धारणा अलग अलग धारण गर्ने हुनाले मान्छेले मान्छेलाई बक्र दृष्टिले हेर्ने गर्छ र आवश्यक परे तिनै मान्छे अष्टवक्र बनिदिन्छन् अनि कति ठाउँमा सोज्याउने ? एकले अर्काको अस्तित्वलाई नफ्रत गर्नु नै झगडाको सूत्रपात गर्नु हो । तकडा तकडाको झगडाले अर्थात् नेतृत्व पङ्क्तिको लुछाचुडीले देशको विकासमा पूर्ण विराम लाग्छ । साँढेको जुधाइ बाच्छाको मिचाइ भने झैँ पूर्ण विरामले पूर्णतया विकासप्रेमीको नीद हराम गराई दिन्छ । जहाँ विकास हुँदैन त्यहाँ शैक्षिक बेरोजगारीहरु बनको बन्सो मौलाएझै मौलाउँछन् । चित्त नपर्दा आन्दोलन र आतङ्कको रूपमा विछट्ट गर्छन् । वित्याँस पार्न सक्छन् । बिब्ल्याँटो गति लिन्छन् । यस स्थितिमा शान्तिप्रेमी आम नेपाली नागरिकहरु वेचयन हुन बाध्य हुन्छन् । जब चयन हुँदैन नेताहरुतिर फर्किएर धारे हात लगाउन मन लाग्छ । धेरथोर बनि वियाँलो गरेर भए पनि आफ्ना लालाबालासँग आनन्दले बसेर खोले नै खाए पनि त्यो आङमा लाग्छ । होइन भने खिरै खाए पनि तिरै बराबर हुन्छ । घरमा बास र मनमा आश हराउँछ । त्यसैले प्रमुख रोजाई र अपेक्षा देशमा शान्ति र त्यसका उपासकको हुन्छ । जनताको ढँडेसो फुस्काएर, मुस्काएर माथि पुग्ने राजनेताको उकेरा कस्ले लगाउँछ ? विषवृक्ष भनेर जाने पछि जरा खन्नु खोतल्नुलाई निरर्थक मान्न र भन्न सकिँदैन । त्यसैले जनअपेक्षालाई दृष्टिगत गरी मानव मर्म र धर्मको लिक नछोडी बुर्कुसी मारेदेखि ‘स्याबास’ भन्नेहरू तँछाड मछाड गरी राखेका हुन्छन् । मात्र असल र राम्रो काम गर्नेहरूले ढिलो गर्नु भएन ।
मान्छे पनि कमिला जस्तै जाँगरिलो जीव हो । असल मान्छे विना काम एकैछिन पनि बस्दैन । खुवाई, आलस्य र मस्तीलाई बिर्सदै पन्छाउँदै काममै मरिमेट्छन् । अस्ति भर्खर भारत (छिमेकी मर्दा, पर्दा साथ दिने देश) ले साढे चार करोड भारतीय मुद्रा खर्च गरेर मानव निर्मित तर मानव रहित एन्टिना, क्यामेरादि जडित वायुयान मङ्गल (रातो ग्रह) तिर मानव बस्ती बसाल्न मिल्छ कि मिल्दैन जाँच्न पठाएको पनि लगभग एक महिना हुन लागि सक्यो । दुई हप्ता जति पृथ्वीको चक्कर मारेर प्रति सेकेण्ड साढे २ किमिका गतिमा हुत्तिँदै मंगल ग्रहमा पुग्न लगभग दश महिना लाग्छ भनिएको छ । यहाँ साढे तेह्र सय कि ग्राम तौलको यान मङ्गलमा पुग्दा पाँचसय कि.ग्रा. अर्थात् दश बोरा सिमेन्टीको तौल जति मात्र हुन्छ र त्यसले मङ्गल ग्रहमा मिथेन ग्याँस, पानी, बनस्पतिको अस्तित्व सम्भव छ कि छैन भन्ने विषयमा फोटोको माध्यमद्वारा छिनोफानो गर्ने ठोकुवा गरिएको छ । आफूले गर्न नसके पनि छिमेकमा भएको वैज्ञानिक प्रगतिको यो फड्कोलाई खुसीको रूपमा लिन सकिन्छ तर आफ्नो देशमा बम, बारुद र पेट्रोलबम प्रहारले निम्न वर्गीय जनताको हुर्मत लिँदै कतिपयले आफूलाई शरम नमानी चरम वैज्ञानिक ठानेका होलान् । यो मुख्र्याइ र राजनीतिक बेइमानी समग्र नेपालको हुनेछ । किनकि ऊ नेपाली हो । उसलाई नेपाली हुनुमा भन्दा आफू हुनुमा गौरव र गर्भ लाग्छ । त्यस्ता पाखण्डी धन्दुकारीले मातृभूमिलाई के दिन्छन् । आतङ्क, बम, बारुद, मारपिट, हुल हुज्जत, अनि नेपाल बन्द बाहेक । यस मामलामा आन्तरिक द्वन्द्वमा रुमलिनेको विवेक कति फराकिलो होला ? र सङ्कुचित विचारधाराले जनतालाई कति सुख देला ? विवेकीले विचार गर्नु पर्छ ।
विकसित देशहरुले आफ्नो देशको चरम विकास, उन्नति, प्रगति यावत पक्षमा अगि बढ्दै शिर ठाडो गरी सकेपछि अब मानव बस्ती बसाल्न योग्य उत्तम अर्को भूभागको खोजीमा आफ्ना देशका लाखौँ जनतालाई मोटा, उसिना चामलबाट विमुख गर्दै, भोकै राखेर भए पनि शक्ति सो गर्ने शैली बदलेका छन् । भात पकाएर डकारेको कस्ले देख्छ र तर एउटा झिल्के, आगो मिल्के रकेट बनाएर पटेक रित्तिए पनि वायुमण्डलमा ठेले पछि अरू मुलुकको मुख आफूतिर फर्किने कुरामा शक्ति सम्पन्न देशहरु आशावादी छन् । किनकि अन्य देशको ध्यानाकर्षण हेतु पकेट रित्याएर भए पनि रकेट हुत्याई राखेका छन् । विश्वमा देखाउनु पर्छ पौरख र पाखुरी । तब हुन्छ जगत्को हित । वैज्ञानिक प्रगति त नेपालमा प्रायः शून्य नै छ र त्यसमा सरकारको सहयोग सायद नगन्य छ । सरकारमा गएका, मत पाएकाहरु जनहितकारी काममा दत्तचित्त भएर लाग्ने कि भाग्ने ? विभिन्न बाहनाबाजीमा किचलो झिक्दै भाँजो हालेर, समय खेर फालेर जनताको आँखामा छारो हालिन्छ भने त्यहाँ बुझ्नु पर्ने हुन्छ नेताज्यू जस्तो आफू उस्तै च्यापू । भोट थोरै आयो भनेर किन रुनु पर्यो । चुनाव एकचोटि मात्रै हुँदैन नि । बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूको घर पनि भत्काउँछ । जनचाहना पूरा भए पो नेताको चाहना पुरा हुन्छ । एक हातले ताली बज्छ र ?
फूलबारी– ११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x