सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शङ्का

Nepal Telecom ad

शङ्कै छैन अब कि
यो देशमा
सडक विभागहरू मान्छे मार्ने उद्योग भएका छन्
सवारी भनाउदा बाहनहरू जिन्दगी किच्ने ज्यावल भएका छन् !
दिनदिन नागरिक हताहत भैरहेछन जहाँ
कर्णालीमा, भेरीमा, महाकालीमा…
जिन्दगीका त्यान्द्राहरू कति सजिलैसँग चुँडेर
सिंहदरबार समयको क्रुर हाँसो हाँसिरहेछ !
देश,
जनता,
विकास,
व्यवस्था,
भूत–भविश्य,
सब उसको लागि रमाइलो ठ्ट्टा भैरहेछ !
मलाई अब एउटै अन्तिम डरले चिमोट्न थालेको छ,
चिमोटिरहन्छ कि
जनताको रगतले मोटाएका
यो राज्यका मदोन्मत्त चालकहरूले
कुन दिन देश गुडाएर मिल्काइदिने हुन् भीरबाट !

हाल– काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही