साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिलको घाउ

Nepal Telecom ad

टुक्र्यायौ पहिले, ल टाल कसरी टाल्छौ टुटेको मन
के त्यस्तो उपहारले दिल खुसी राख्छौ तिमी लौ भन
दानी भैकन सक्दछौ कति कुरा के के मलाई दिन ?
दामी सुन्दर रेशमी मखमली के वश्त्र दिन्छौ भन ।

त्यस्तो के दिन सक्दछौ भन तिमी साँच्चै बनी सद्गुणी ?
हीराका बहुमूल्य हार सुनका मोती मुगाहरू या मणि ?
ठूला जेट बिमान कार अथवा दिन्छौ रकेटै किनी ?
के दिन्छौ भन ता कि टाल्न सकियोस् यी घाउ जो छन् खुनी ।

नोटै नोट नयाँ नयाँ कटकटे त्यै ओढ्न ओछयाउन ?
के दिन्छौ कति सक्दछौ दिन तिमी त्यस्तो अरू के भन !
अग्ला सुन्दर बंगला महल या बारी बगैंचाहरू ?
मेरो चित्त खुसी बनाउन भनी दिन्छौ तिमी के अरु ?

चौरासी थरिका मिठा अति मिठा खाना जुटाईकन
हातैले म खुवाइदिन्छु म भनी तम्स्यौ अरे ख्वाउन
मानौं स्नेह गर्यौ म सानु शिशु नै सम्झेर साह्रैसित
मानौं मान गर्यौ महामहिम नै ठानेर राम्रैसित ।

सारा जून र घाम यी गगनका तारा टिपी हातले
मानौं लौ भरिपूर्ण नै गरिदियौ यी हात सौगातले
के दिन्छौ अब भो भयो समयमा आँखा ममा चिम्लियौ !
क्यै गर्दा भरिँदैन घाउ पहिले जो यो तिमीले दियौ ।

कोलोराडो, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x