चट्याङ मास्टरत्यस्सै कोही नेता हुँदैन !
त्यस्सै कोही नेता हुँदैन,
त्यति चलाख त हुनै पर्छ
जति चलाख वरिपरि अरु कोही हुँदैन
त्यस्सै कोही नेता हुँदैन !
नेता हुनेले सुरुमा अरुलाई जनता–जनार्दन भन्छ
आफूलाई कसैले भगवान भन्छ भने कुन मूर्खले नाईं भन्छ ?
हो, कुरो यहीँदेखि सुरु हुन्छ,
मूर्ख नहुने क्रमको पहिलो चरणमा नै ऊ मस्र्ख बनिसकेको हुन्छ ।
पृथ्वीमा जन्मिएर मर्ने मानिसलाई जनार्दन भन्न हुन्छ ?
कुनै फटाहाले भनि नै हाल्यो भने पनि पत्याउनु हुन्छ ?
आफूलाई अर्कोले जे भनिदियो त्यहि हुँ भनि ठान्ने
झन् जनार्दन नै भनि दियो भनेर मक्ख पर्ने
त्यत्तिका स्वाँठ वरिपरि फेला पर्छन् भने किन तिनका नेता नबन्ने ?
त्यस्तालाई “सर्वसाधारण” बनाएर पछि आफू माननीय मात्रै किन ?
सम्माननीय, विशिष्ट, अति विशिस्ट र शीर्शस्थ नै पनि बन्ने, किन छोड्ने ?
“ओहो ! तपाईं त जनता जनार्दन हुनुहुन्छ” भनिदियो
एक बचन किन ? बहु बचन नै गरिदियो
पत्याउने जति स्वाँठहरूलाइ अगि पछि लगायो
आफूलाई जनताको सेवक र उसलाई जनता–जनार्दन बतायो
अनि आफूले धन दौलत जे जे कमाउनु छ कमायो !
पछि आफू उसको मालिक बन्यो, उसलाई नोकर दलायो !
बेला बेला यसो मौका हेरेर, सके चुनावको छेको पारेर
उसलाई जनार्दन त भनिदिने मात्रै हो,
बन्न त आफै उसको जनार्दन बनि ढोग लिने हो
माननीय, सम्माननीय, विशिष्ट, अझ शिर्शस्थ नै बनेर
आफू उसको भाग्य विधाता र उसलाई “सर्वसाधारण” बनाउने हो !
त्यस्सै कोही नेता हुँदैन,
त्यति चलाख त हुनै पर्छ
जति चलाख वरिपरि अरु कोही हुँदैन
त्यस्सै कोहि नेता हुँदैन !
बत्तिसपुतली, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest




































