साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लड

Nepal Telecom ad

लड, लड साँढेहरू खुब लड
दम्भ र हठको गर्तमा गढ
सिङ भाँच्चिने गरी लड
खुर खुस्किने गरी लड
अझै फुँकार गर
अझै हुँकार गर
लड, लड साँढेहरू खुब लड ।

लड, लड साँढेहरू खुब लड
अगम्य गहिरो धापमा गढ
तुलफूल माडिने गरी लड
बोट बिरुवा फाँडिने गरी लड
थात थलो मच्किने गरी लड
बार भित्ता पच्किने गरी लड
कोलाहल हुने गरी लड
हलाहल हुने गरी लड
लड, लड साँढेहरू खुब लड ।

लड, लड साँढेहरू खुब लड
जोरीपारी हाँस्ने गरी लड
साख इज्जत मास्ने गरी लड
आलाकाँचा किचिने गरी लड
बाच्छा, बाच्छी मिचिने गरी लड
सिङ भाँच्चिने गरी लड
खुर खुस्किने गरी लड
लड, लड साँढेहरू खुब लड ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x