साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै लभै परेन के को बिहे ?

Nepal Telecom ad

जस्तो आए उस्तै छु म
जोडी अझै पाको छैन
एक्काइसमाथि सोडा चढिसक्यो
बिहेसम्म भाको छैन
बाटो भरी कत्ति च्वाँक छन्
नानाथरि के–के घस्छन्
छतमाथि उत्ती बस्छन्
यत्तै हेरी किच्च हाँस्छन्
ज्यापुकी बेटी आँखा मार्छे
अघि गएर बोल्नै सकिन
पल्लो क्लासकी ठिटी साइड हान्छे
उसका सामु कुरा खोल्नै सकिन
फुलमाया नि मस्केकै हो नि
तर के गर्नु
यो नामर्द थुतुनु अघि गएर बोल्ने आँटै गरेन
अनि के को बिहे हुनु
लभसम्म त परेन
जुँङ्गा पाल्न पाउँदै पाइएन
मुन्द्रा स्केलमा आको हैन
सेन्ट छर्केर ठिक्क परी
बाहिर जान पाको हैन
किरिम दल्छु पाउडर घस्छु
छेउ टुप्पै लछारेन
फेयर एण्ड लभ्ली दल्दा पनि
चाउरे गाला सपारेन
पाइन्ट काटन लाज लागो
चस्मा कहिल्यै लाउने हैन
मोजा टाल्दै सधै ठिक्क
फिलिम हेर्न पाउने हैन
टेम्पुमा सिट छोडिदेर केको हुन्थ्यो
एउटा कपालसम्म झारेन
अनि कपालसम्म झारेन
अनि भुत्राको बिहे हुन्थ्यो ?
खै लभसम्म परेन ।
जिभ्रो पड्काई हेलो भन्यो
धारे हातले आँखा तर्छे
ताली ठोकी हाइ ग¥यो
ठुस्स परी उता फिर्छे
डेक्ची ठोकी रिमिक्स गित नि
दिनै पिच्छे कत्ति गाउनु
रातिराति लुकीलुकी
झ्यालबाट नि कत्ति च्याउनु
पाइन्टवाली कुर्थावाली
जो आए नि सबै उस्तै
अरू सबै जोडी लिन्छन्
आफूमात्र सधै एक्लै
तेस्का अघि देखाइदेखाई
कोक फेन्टा खाँदा पनि
फिलिम हलमा खुसुखुसु हेर्न लाँदा पनि
खै त एउटा माखोसम्म मरेन
त्यसैले सिकाई दिनोस् न यार
मेरो अझै लभ परेन् ।
भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x