साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म, तिमी र मान्छे

Nepal Telecom ad

म, तिमी र मान्छे
स्वतन्त्रता तिम्रो हो
सोच तिम्रो हो
तर, त्यसमा अतिक्रमण गर्नु
मिथ्या हो भन्ने जानेर पनि
धृष्टता गरेँ मैले
पटक–पटक छोइँदै काटिँदै टेकिँदै
विजयको होडमा लडिरहेँ
एउटा अपराजित सत्य
जो सदीयौँदेखि कैद छ
तर, यो सबैको एक्लो साक्षी त तिमी नै हौ
किनभने मभन्दा पहिले नै
तिमी यो सबै प्रपञ्चबाट गुज्रिसकेकी छौ
तर, एउटा कुरा नढाँटी भन

असफल्ताको समर भूमिमा
सफलताको दृढोक्ति व्यक्त गर्दै
मुस्कुराएको अभिनय गर्नु
कस्तो दृष्टिभ्रम हो मेरो

नचाहँदानचाहँदै पनि
आफैँलाई बेइमान सावित गर्नु
कस्तो रहर हो मेरो
के आममान्छे र तिमी पनि यस्तै सोच्छौ ?
रहर आकाङ्क्षा र दौडधूपका बीच
कति चेपिन्छ हँ मान्छ ?
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x