साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी मेरो ज्यान

Nepal Telecom ad

तिमी मेरो ज्यान हौ, तिमी मेरो प्राण हौ
दुबिधा छैन केही, तिमी मेरो शान हौ

नेपाल, नेपाल, मेरो नेपाल !
नेपाल, नेपाल, प्यारो नेपाल !!

ढाँटीछली खानु छैन, जालझेल गर्नु छैन
दुनियाँको मानो काटी आफ्नो भाँडो भर्नु छैन
दायाँ–बायाँ बिर्सिएर एक्लै नदी तर्नु छैन
तिमी मेरो घर हौ, तिमी मेरो भर हौ
दुबिधा छैन केही, तिमी धरोहर हौ

नेपाल, नेपाल, मेरो नेपाल !
नेपाल, नेपाल, प्यारो नेपाल !!

खुट्टा तान्नु छँदै छैन, कुरा पनि काट्नु छैन
पौरखले बाँच्न सकूँ, नौलो चाहा अर्को हैन
शुभ्र–शान्त नेपाल भए –अरू केही चाहिँदैन
तिमी मेरो आश हौ, तिमी मेरो खास हौ
दुबिधा छैन केही, तिमी मेरो बास हौ

नेपाल, नेपाल, मेरो नेपाल !
नेपाल, नेपाल, प्यारो नेपाल !!
bra9841344577@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे बनेर बाछो किच्यौ

साँढे बनेर बाछो किच्यौ

वसन्तराज अज्ञात
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x