साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो सरकारको गति

Nepal Telecom ad

यो सरकारको गति ढिलो देखियो
नेपालको भविष्य धमिलो देखियो ।

एकले अर्कोलाई आरोप –प्रत्यारोप
मुक्का नहान्दै जीउ निलो देखियो ।

शरीर जीर्ण भयो, हाल सरकारमा
बृद्धबाको अनुभव कलिलो देखियो ।

कुर्सीमै बस्न हतार हुन्छ सबैलाई
बरा ! बस्ने ठाउँमा पिलो देखियो ।

धान काट्न या त ससुराली गयौ
दौरा सुरुवालमा हेर हिलो देखियो ।

सत्तामा पुगेर भिटामिन खायौ कि
कान्छीको कुपुत्रो भरिलो देखियो ।

ताते पछि पग्लिन पर्ने हो फलाम
नतातेर पलपलमा गिलो दिेखियो ।

आँखाको भ्रम हो कि यथार्थ खास
बिनाफलको रूख लचिलो देखियो ।
रानीगाउँ —३, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x