साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो सवाल, होइन जवाफ

Nepal Telecom ad

हरेक देश र समाजमा नेता हुनै पर्ने किन ?
नत्र सप्पैले सप्पै बिग्रिएका कुराको दोष कसलाई लगाउनु नि !

नेतालाई किन धेरै भत्ता दिनु पर्छ ?
देशभरिका जनताको सत्तोसराप लिने काम कसले सित्तै गर्छ त ?

नेता हुनु राम्रो काम भएको भए के हुन्थ्यो ?
विश्वविध्यालयहरूले नेताविज्ञान विषय पढाउन थाल्ने थिए !

चलाख या सफल नेता भनेको को हो ?
जसले आफ्नो टाउकोमा आउने दोष अर्कोको टाउकोमा थुपार्न सक्छ !

नेतासँग दोस्रो बोर्ड क्यारेम खेल्न किन सकिँदैन ?
पहिलो बोर्डमै गोटी चोरेर खल्तीमा लुकाई सक्छ, दोस्रो बोर्ड खेल्न गोटी नै भेटिन्न !

नेपालको ओलम्पिक टोली किन सधैं अरु देशको भन्दा सानु हुन्छ ?
ढुङ्गामुढा गर्न सक्ने बलियाबाङ्गा जत्तिलाई नेताले आन्दोलन गर्न यतै राख्छन् !

नेताको अघि पछि किन हतियारधारी पुलिस हुन्छन् ?
नेताबाट जनतालाई जोगाउन !

नेताको प्रगति कसरी नापिन्छ ?
देशको दुर्गति नापेर ।

नेताले जनतालाई किन मुर्ख बनाउँछ ?
अनि पो ऊ विद्वान बन्न पाउँछ ।

नेता बोल्दा ठुलो लाउडस्पिकर जोड्नै पर्ने किन ?
जो चोर उसकै ठुलो स्वर !

सच्चा देशभक्त नेता कस्तो हुन्छ ?
यति जस्तै हुन्छ, यति बारे सबैले सुनेको त हुन्छ तर कसैले देखेको हुँदैन !

राष्ट्रिय हास्यव्यङ्ग्य भनेको के हो ?
राष्ट्रिय नेता !

नेता किन सधैं लोभी हुन्छन् ?
पहिला उनीहरूसँग पैसा हुँदैन, पछि पैसा बाहेक केही हुँदैन !

नेताहरू उड्न सक्ने भए के गर्थे ?
जनताको टाउकोलाई कमोड़को रुपमा प्रयोग गर्थे !

नेताहरू किन धेरै बोलिरहन्छन् ?
धेरैमध्ये कुनै एउटा बोली त कुनै बेला सद्दे पनि निस्किई हाल्छ कि भन्ने आसले !

के सबै नेता मुर्ख हुन्छन् त ?
कुनै पनि नेता मुर्ख हुँदैनन् ती अरुलाई मुर्ख बनाउन आफू पनि भई टोपल्छन् !

नेता र अपराधी कसरी छुट्ट्यÞाउन सकिन्छ ?
झ्यालखान भित्र छ भने अपराधी बाहिर छ भने नेता !

नेताले देश बनाउँछन् भनेको के हो ?
देश र बनाउँछन् शब्दको बिचमा ‘गरिब’ शब्द टाइप गर्न छुटेको हो ।

नेता मरेपछि ‘अम्मर रहुन्’ किन भन्ने गरिन्छ ?
बाचुन्जेल नेताले जनतालाइ मुर्ख बनाएको सट्टा जनताले बदला लिएको ! मरी सक्यो, के को अमर हुनु ?

नेताले शान्ति लेराउन क्रान्ति गरेको भनेको के हो ?
कुमारीत्व जोगाउन गर्भवती भएको भने जस्तै हो ।

नेताले रनभुल्लमा परेर बिताउने चाड के हो ?
बाउको मुख हेर्ने चाड ! कसको चै हेर्नु ?

नेताबाट धुर्त्याई र अपराधी प्रवृत्ति झिकिदिए के बाँकी रहन्छ ?
उसका लुगा !

नेता र भरिएको सेफ्टी ट्याङ्कमा के फेरक हुन्छ ?
एउटा जमिन मुनि, अर्को जमिनमाथि !
बत्तिसपुतली काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x