साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे डाम्ने बेला अब

Nepal Telecom ad

हेदा आकृति
मान्छे जस्तो लाग्ने
चुनाव आयो कि
खाली भोट मात्र माग्ने
जितेपछि चुनाव
बेपत्ता भई भाग्ने
एउटा घर पालुवा जीव
हराएको हुँदा
कृपया कतै फेला पार्नु भयो भने
बानेश्वरको गोठमा हालिदिनु होला
मानेन भने
कडै कदम चालिदिनु होला ।

बाहिर
नाक मुख ठ्याक्कै हामी जस्तो
भित्र
बाघ भालु चितुवा जस्तो
अस्ती चुनाव ताका
भोट दिने मान्छे खोज्छु भन्थ्यो
भोट नदिनेलाई गोद्छु भन्थ्यो
चुनाव जितेपछि
न भेट्न आको छ
सम्पर्क बिहिन भाको छ
कहिलेकाहीँ टिभीमा
जुलुस गरेको देखिन्छ
कहिलेकाहीँ उसकै बारे
ठुला अक्षरमा अखबारमा लेखिन्छ ।
कतै तारे कतै लाले
कतै माले कतै काले भन्दै हिड्छ
खान पायो भने जता पनि छिर्छ
हेर्दा तपाईं हामी जस्तै देखिए पनि
बुझ्दा अर्कै जन्तु रहेछ
त्यसैले अचेल साँढे जस्तै भएछ
कृपया उसलाई कतै भेटेपछि
बानेश्वरको गोठ्मा हुलिदिनु होला
मानेन भने
ठोकठाक पारेर भने पनि ठेली दिनु होला ।

हेर्दा दुई खुट्टे भए पनि
पशुपतिनाथको साँढे परेछन्
त्यसैले
बानेश्वरको गोठमा पनि
घारा घोचा भाँच्दै गर्नु गरेछन्
कृपया यी साँढेलाई
कतै देख्नु भयो भने
साङ्लोले बाँधी राखी दिनु होला
मानेनन् भने
तातो पन्यूले दागी दिनु होला ।
साँढेलाई डाम्ने चलन कता गयो कता
डाम्ने साँचो पनि छैन त्यो यता
डाम्ने औजार छिमेकीतिर पर्यो
खोजी ल्याऊ प्रधान डाम्ने औजार चाँडो
हाम्रालाई छैन आँट डाम्ने भए पनि भाँडो
उतैबाट बोलाई ल्याउनुस् डाम्ने धामी पनि
डामी छोडि दिनु पर्यो यी साँढेलाई बेकामी भनी ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x