साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदको मखुन्डो

Nepal Telecom ad

कर्कलाको पातमा
तप्किएको पानी झैं
यसो हल्लाउँदा हल्लाउँदै
जसरी झर्छ भुइँमा
त्यसै गरी झर्न सक्छ
पदको मखुन्डो

पदको माहुर
नसुकेको मसीको
अक्षर जस्तै
पोतिन सक्छ
पुछिन सक्छ
न त त्यसको रङ्ग नै बस्छ

तैपनि सोच्दैनन्
पदलोलुपहरू
नसुकेका अक्षर
फुटेको गाग्रो
जोड्न गाह्रो
तोड्न सजिलो
पदको मखुन्डो

अनित्य छैन
दुई दिनको घाम छाया
अजम्मरी छैन
कालिगढले बनाएको
रबरको दुईतिर फट्टिएका
आँखा लगाएको
कृत्रिम मुख, न कि दुई कान
शिवजीले
सर्पको माला लगाएको
घाँटी जस्तो
पदको मखुन्डो

अहमताले डो¥याउँछ
शक्ति केन्द्र ठान्दाठान्दै
ढल्छ, ढाल्न खोजिन्छ
चिम्म भएको आँखा
बल्ल खुल्छ
अनि बुझ्छ
पदको मखुन्डो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x