साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताले छोयो कि गयो

Nepal Telecom ad

विदेशबाट धेरै वर्षपछि आएका भान्जा वाग्मतीको फेरिएको रूप देखेर अचम्मित भए । लामो लामो सास तान्दा पनि नदीबाट गन्ध नआएपछि उनले सोधे, “यो कसरी भयो मामा ?”

मैले बेलीविस्तार लगाउँदै भनेँ, “धेरै वर्षदेखि थुप्रै मानिस वाग्मती सफा गर्नुपर्छ भनेर लागेका थिए । वाग्मती नदी फोहर भएकामा उनीहरू साह्रै चिन्ता गर्थे । यता दौडिन्थे, उता कुद्थे । नदी सफा गर्ने अनेक तरिका प्रस्तुत गर्थे । यसरी सफा गर्नुपर्छ भन्थे, उसरी सफा गर्नुपर्छ भन्थे । नाक थुनेर भाषणहरू गर्थे, सास रोकेर कार्यपत्र पेस गर्थे । वाग्मतीलाई पुलमाथिबाट नियाल्थे, पुलमुनिबाट हेर्थे । कार्यक्रमका प्रमुख अतिथि वा विशिष्ट अतिथि मन्त्री वा नेताहरूका पछि पछि किनारै किनार तलसम्म पुग्थे, माथिसम्म पुग्थे । प्लास्टिक र फोहरका पहाड छेउछाउ पुग्थे र वाक्क वाक्क गर्दै पछि सर्थे । किनारामा मुस्किलले निहुरिएर एक-दुई थान प्लास्टिक, दुई-चार त्यान्द्रा पराल र दुई-चार कागज टिपेर डोकामा हाल्थे । हामी वाग्मती किनाराका बासिन्दालाई पनि भेला गर्थे, क्याप लगाइदिन्थे, टिसर्ट भिराउँथे, खाजाका प्याकेट बाँड्थे । कहिलेकाहीँ त होटलमा लगेर लन्च पनि खुवाउँथे । अन्त्यमा अतिथिका गाडी हिँडेपछि अभियन्ताहरू पनि पछि लाग्थे र हराउँथे । अर्को वर्ष आएर उसै गरी चिन्ता गर्थे र जान्थे । हामीलाई आनन्द थियो । हामी वाग्मतीमा आची पठाइरहन्थ्यौँ । फोहरका पोका लगेर नदीमा खसाइरहन्थ्यौँ ।

दुई वर्षअघिदेखि अलि अचम्म भइरहेको छ भान्जा ! ती दिनहरू इतिहासजस्ता भएका छन् । केही ज्याद्रा मानिस वाग्मती सफा गर्ने दुस्साहसमा जुटेका छन् । यी घमन्डी मानिसहरू हप्ता नबिराई वाग्मतीमा पसेका पसेकै छन् । वाग्मतीको दलदलमा पसेर त्यहाँँ थचक्कै बसौँलाझैँ गर्छन् । नगरवासीका मलमूत्रमा टेकेर झत्ता, डोरी, प्लास्टिक, सिनो, हाडखोर र बीभत्स आकारप्रकारका जगटाहरू हातैले समात्छन्, तान्छन्, डोकोमा हाल्छन् र बाहिर निकाल्छन् । न कुनै संकोच, न कुनै लाज, न कुनै घीन ।

विदेशी डलर पचाउन आएका भन्दै हामीले सुरुसुरुमा यिनीहरूलाई निकै खेदो गर्यौँ । हाम्रो टोल सुधारका लागि बजेट नदिए वाग्मती सफाइको नाटक गर्न दिँदैनौँ भन्यौँ । हामीले वाग्मतीमा फोहोर नफाले कहाँ फाल्ने, ठाउँ देखाओ भनेर तिनीहरूलाई र्या्खर्यानख्ती पार्यौँर । तैपनि, उनीहरू गलेनन् । हप्तैपिच्छे आएर वाग्मतीमा पस्न थाले । अलिअलि गर्दै फोहर निकाल्न थाले । हामी पनि उनीहरूले बोलाउँदा गएर चिया-बिस्कुट खान थाल्यौँ । बुट र पन्जा खोसाखोस गरेर लिन थाल्यौँ । केही दिनको नाटकपछि यिनीहरू आउन छाड्छन् भन्ने कुरामा हामी ढुक्क थियौँ । तर, आउन छाडेनन् । हप्ता नबिराई आएको आयै गरे । पुलिस आए, सेना आए, विद्यार्थी, कर्मच्ाारी, कवि, कलाकार र समाजिक कार्यकर्ता आए । तर, अचम्मको कुरा भान्जा ! सफाइ अभियानमा हप्तैपिच्छे हजारौँ भोटर्सहरू जम्मा हुँदा पनि राजनीतिक दलका नेताहरू आउन पाएनन् । उनीहरूले वाग्मतीको फोहर छुन पाएनन् । असम्भव कल्पना गरिएको यो अभियान सफल हुनुको मुख्य कारण मुख्यसचिवहरू यसमा लागेर भन्दा पनि नेताहरू यसमा नलागेर हो भान्जा !”

भान्जाले रहस्य बुझेपछि भने, “नेताहरू चुप लागेर बसे भने पो देशको विकास छिटो हुन्थ्यो कि क्या हो मामा ?”

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x