साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डन प्रशिक्षण केन्द्र

Nepal Telecom ad

समय र परिस्थिति अनुसार अगाडि बढ्न सकेन भने समयले मानिसलाई लात मारेर सात जुनीसम्म उठ्न नसक्ने गरेर भसाइदिदो रहेछ । जति प्रयत्न गरेपनि बालुवाको महल ठड्याउने सपना मात्र बन्दोरहेछ । जो समयलाई पनि उछिन्दै अगाडि बढ्ने दाउमा छन् । अवसर नपाएर त्यसै काम न काजको कुकुर झै त्यसै भौतारिएर हिँडिरहनु भएको छ भने अब ढुक्क हुनुहोस् तपाई जस्ता हजारौं लाखौं डुकुलन्ठकहरूलाई सोझै प्रगतिको मार्गका ल्याएर ज्न्दिगीलाई आची माथि हल्केको मूला भन्दा पनि चौगुणा रूपमा रातारात प्रगतिको मार्गमा पु¥याइदिने छ । रातारात प्रगति हुन चाहानुहुन्छ भने ढिला नगरीकन फटाफट यस प्रशिक्षण केन्द्र यानेकि डन प्रशिक्षण केन्द्रमा आप्mनो नाम दरिहाल्नुहोस् ।

यस प्रशिक्षण केन्द्रमा सबै किसिमको व्यक्तित्व भएकाहरूलाई पनि सजिलैसँग समायोजित गरिन्छ । यस प्रशिक्षण केन्द्रमा देश खाएर शेष भएका अनुभवी एवं दक्ष प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइन्छ । परीक्षणको रूपमा सुरूसुरूमा विभिन्न पार्टीमा लागेहरूसँग अनेकानेक बखेडा झिकेर निहु खोज्ने र मौका छोपेर मरणासन्न हुने गरी पिट्ने गर्नु पर्छ । आप्mनो ज्यान जोगाएर यस प्रशिक्षण केन्द्रमा प्रवेश गरेपछि बाहिर गरेका सबै अनैतिक एवं गैरकानूनी कामहरूको पनि सबै छुट हुन्छ । सुनपानीले छर्केर चोखो भएको भन्दा पनि । कामको प्रकृति हेरेर, सफलताको स्वरुप बुझेर पुरस्कार स्वरूप उसलाई तालिम केन्द्रबाट थप जिम्मेवार प्रदान गरिदै लगिन्छ ।

प्रशिक्षकज्यूहरू पनि कहिलेकाही साह्रै अप्ठेरो अवस्थामा रहेको हुन्छ । त्यस्तो सबै कुरा बुझेर अप्ठ्यारो परेको अवस्थामा ज्यानको बाजी लगाएर भएपनि आप्mना गुरूहरूको बचाउ गर्न सक्यो भने जस्तै अक्षम्य अपराधहरूबाट छुटकारा दिलाउन सक्छ । चोरीको बात लागेका, ठगीको मुद्दामा फसेका, वलात्कारको आरोपमा अदालतबाट फैसला सुनाइएका, रक्त चन्दन तस्करको आरोपमा जेलमा परेका, दुर्लभ वन्यजन्तु सिकारमा परेका, नक्कली जाली नोटको कारोबारमा समातिएका, हिरोइन, चरेस आदि लागु पदार्थको ओसार पसार कारोबारमा फसेका, ज्यानमारा मुद्धामा फसेका, कुटपिटको आरोपबाट जोगिएर बाहिर बाहिर भागेका, भ्रष्टाचारको मुद्दामा फसेका, दुनियालाई अनेकानेक यातना, पीडा, हत्तुहैरान पार्ने, ढाट्ने छल्ने कुट्नेपिट्ने आदि सबै अपराधीहरूलाई विशेष स्वागतका साथ यस प्रशिक्षण केन्द्रमा भर्ना गरिन्छ । यस प्रशिक्षण केन्द्रको विशेषता भन्नु नै यस्ता किसिमका सदस्यहरूको विस्तार गरेर सर्बत्र आप्mनो पक्कड जमाउनु हो । बाँदरको जस्तो सानो मुटु भएकाहरूलाई पनि विशेष प्रशिक्षणद्वारा हिम्मतिलो आटिलो र बहादुरी बनाइन्छ । जस्तै लुरे, भुटिभाङ् केही पनि ज्ञान नभएकाहरूलाई पनि कोइली चरी भन्दा चतुर बनाइन्छ । मुसो बनेर सदनमा छिर्नेहरू सिंह बनेर बाहिर निस्के झै हुन्छन् । हात्तीछाप चप्पल लगाएर भित्रिनेहरू ल्याण्डक्रुजर पजेरो लिएर बाहिरिएका झै बाहिरिने मौका पाउछन् । गुन्द्रुक र ढिडोले छाक टार्नेहरू हेलिकप्टर किन्ने हैसियतमा पुग्छन् । सिस्नुले छाक टार्नेहरूलाई चौरासी व्यञ्जनको धुसिलो डकार आउने अवस्थामा पु¥याइदिने छ । आर्थिक रूपमा विपन्न भएका, विहान खाए बेलुकी के खाउँ भन्नेहरूलाई रातारात धन सम्पत्तिले भरिपूर्ण बनाइने छ । नसके दुई पाङ्ग्रे सवारी साधन सके चार पाङ्ग्रे सवारी साधनको व्यवस्था निश्चय पनि मिलाईदिने छ ।

नेपालको कानून बनाउनेले नै जानुन् भने झै कानून निर्माताहरूलाई नै कानून फर्काउन पाइन्छ । त्यसमाथि पनि वर्तमान समयमा त संविधान त छैन केको कानून हुनु नि ? निर्घालाई कानून सक्षमलाई चैन त छदैछ । त्यसलाई अक्षरशः पालना गरिनेछ । जो यस प्रशिक्षण केन्द्रमा भर्ना भएका छन् उनीहरूलाई कुनै कुराको पनि डर मान्नुपर्ने छैन । धन दौलतको खोलो नै बगाइदिनेछ । आप्mनो त जीवन आकासपाताल भएर सुधारिने छदैछ । आफन्तजनको समेत जीवनमा आँधीबेहेरी ल्याइदिनेछ । आर्थिक रूपमा त आप्mनो पुस्ता त के सात पुस्तासम्मलाई ढुक्क हिसाबले धन जति खर्च गरेपनि नसकिने गरी पु¥याइदिने छ । पैसा नाथेकैे लागि कहाँको परदेशीलाई गुलाम गर्न आप्mनो घरपरिवार देश सबै त्यागेर जिन्दगीलाई हत्केलामा राखेर जाँदा पनि कति नै रकम कमाउछन् र ? त्यो भन्दा त यो कहाँ कहाँको राम्रो । आप्mनो देशमा बस्न पनि पाइने । आफन्तजनको अगाडि रवाफ शानदारका साथ हिड्न पाइनेछ ।

मुुलुकभरका डनहरूलाई एकै ठाउँमा एकतावद्ध गर्नको लागि डनहरूको सञ्जाल बनाइने छ । त्यस सञ्जाललाई मुलुकभरी विस्तार गरिनेछ । राष्ट्रिय स्तरमा पनि डनहरूको केन्द्र खोलिने छ । त्यसै मार्फत मुलुकको बागडोर सम्हालिने छ । अनि त डनहरूको राज्य भैहाल्यो नि । त्यसपछि झन् कसको डर ? कसले हाम्रो विरूद्धमा आवाज उठाउन सक्छन् । जताततै हाम्रो शासन चल्छ । सब हाम्रो इशारामा चल्न विवश हुन्छन् । डनहरू विरूद्धमा आवाज उठाउने कसको तागत ? यदि जिउ धनको माया लाग्छ र दुईचार दिन बाँचेर हरियो बुट्टा हेर्न र विचित्रको संसार नियाल्न मन छ भने हामीसँगै होमा हो मिलाएर अगाडि बढेमा उनीहरूको कल्याण होला नत्र भने सोझै स्वर्गबास होला । सारा कानून हाम्रो हातमा हुन्छ । हामीले जुन कानून लाद्यो त्यहि नै हुन्छ । नियम कानून त हाम्रो मुखमा हुन्छ । आवश्यक परेको बेलामा मुखबाट झिकेर हामी नियम कानून प्रयोग गर्दर्छौ । यसमा कोही कसैले विमति जनाउनु उचित हुँदैन ।

यस केन्द्रको सदस्य लिएपछि सबै कुरामा छुट हुन्छ । न कानूनको घेरामा पर्ने सन्त्रास हुन्छ । न कोही कसैले धम्क्याउने, तर्साउने, थर्काउने, कुट्नेपिट्ने हिम्मत गर्न सक्छन् । यस केन्द्रका सबै सदस्यहरू त डामेर छाडेका साँढे भन्दा पनि स्वतन्त्र हुन्छन् । जसको वागवगैंचामा गएर जुनसुकै समयमा जुनसकै उपद्रव गर्न सक्छन् । मौसम अनुसारको जे जस्तो फलपूmल सागसब्जी उब्जाएका छन् निर्धक्क मानेर जति हसुरे पनि कसैले प्रतिवाद गर्न सक्दैनन् । स्वतन्त्र रूपमा सर्वत्र भौतारिएर हिड्न पाउछन् । न समाजले छेक्नथुन गर्न सक्छ, न त उनीहरू विरुद्ध बोल्न नै सक्छन् । न राज्यले जनताका सुरक्षाको जिम्मा लिएका स्थानीय प्रशासनले उनीहरूको कार्यमा वाधाविरोध पुर्याउन सक्छन् । सुरक्षा निकाय हाम्रो सुरक्षाका लागि राखिएका हुन् । जनताको आँखामा छारो हाल्न अपराध गर्ने अपराधीहरूलाई ‘मस्ट वान्टेड’को सूचीमा राख्छन् । यस प्रशिक्षण केन्द्रका सदस्यहरू कहाँ छन् के गर्दै छन् ती सबैको समाचार निरन्तररूपमा बुझिराख्छन् र उनीहरूकै निगरानीमा बस्छन् । ती व्यक्तिहरू कही कतै जानुपर्यो भने अप्रत्यक्ष रूपमा स्कटिङ गरी गरी सुरक्षित स्थलसम्म पुर्याएर फर्कन्छन् ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x