साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाइलेटमा

Nepal Telecom ad

गएको वर्ष म, भर्याङबाट खुरमुरिएर लडेँ । दाहिने हात भाँचेँ । जीउतिर पनि घाउ लाग्यो । चाबेलको हेल्पिङ ह्याण्डमा उपचार गरेँ । सोको खवर हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले थाहा पाउने बित्तिकै मलाई हेर्न आउनु भयो । उहाँको एउटा बानी जहाँ जहिले पनि ठट्टा गरिरे छु ।हनु पर्ने । मलाई भेट्ने बित्तिकै उहाँले भन्नुभयो– ‘तिमी पनि चट्याङ मास्टर बन्ने भयौ नि !’ मैले भनेँ– ‘कसरी दाइ !’ उहाँले भन्नुभयो– ‘हात भाँचेर नि ।’ मैले त्यहीबेला भएको यथार्थ घटना उहाँलाई सुनाएँ र बेडको छेवैको कुर्सीमा बस्नुस् भनँे ।

कुर्सीमा बसे लगत्तै उहाँ आफूले हात भाँचेको घटना रसिक हुँदै मलाई सुनाउनु भयो । घटना यस्तो छ– म ट्वाइलेटको नित्यकर्म सकेपछि दिनहुँ पानीको फोहरामा नुहाएर घण्टौँ बसिरहन्थेँ, त्यसो गरिरहँदा रचना फुरिरहन्थ्यो, आनन्दले छोपिरहन्थ्यो ।

एकदिन म, ट्वाइलेटमा गएको सम्म थाहा छ । त्यसपछि के भो केही थाहा छैन । एकैचोटी अस्पतालको बेडमा आफूलाई पाउँदा पो आफैं छक्क परेँ । पछि कुरो बुझ्दा थाहा भयो– मलाई त एक्कासी प्रेसर बढेर म लड्या पो रहेछु । त्यही कारणले हात भाँचियोे । त्यस बेलादेखि पहिलेको जस्तै होला भनेर म ट्वाइलेटमा छिस्किनी नलगाईकन पस्न र बस्न थालेको छु ।

बुझ्यौ भाइ ! त्यसपछि मेले यस्तो लेखेँ– अरे भगवान् ! ट्वाइलेटमा पस्दा तिमीले मेरो हात खायौ, ढोकाको छिस्किनी लगाउन नपर्ने बनायौ, अब भन त यहाँभित्र पस्नै नपर्ने चांिहँ कहिले बनाउछौ हँ ? त्यसपछि दुवैको एकमुष्ट हाँसो ।
सरस्वतीनगर, चावहिल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x