साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिलेर खाउँ संविधान बनाउँ

Nepal Telecom ad

जनताले संविधान बनोस् भन्ने जुन चाहना व्यक्त गरेर अप्रत्यक्ष रुपमा बाकस सङ्कलन गर्ने समयमा समेत मत खसाएर एक नम्बर, दुई नम्बरमा पार्टीलाई पुरयाए त्यसको सम्मान गर्ने बाचा तिनले गर्ने गरेका छन् । छ महिनामा मस्यौदा अनि एक वर्षमा लिखित संविधान कुनै हालतमा दिने प्रणका साथ आन्तरिक कलहमा व्यस्त रहेका छन । प्रधान–मन्त्री को बन्ने भन्दा पहिला संविधान सभा कसले बोलाउने भन्ने बारेमा सहमति जुटाउने कोसिसमा लागेका कारण पनि संविधान बेलामा बन्ने कुरा निश्चित प्रायः भै सकेको विषय छ । विषय गम्भीर भएको कारण संविधान सभा ग्राण्ड डिजाइनमा बोलाइनु पर्छ । त्यसै बन्छ त संविधान ?
जाडो महिना छ, जाडोकै डरले सरकार बन्न बिलम्ब भएको हो भने ओछ्यान तताउने चिज तयार गरेरै भए पनि बृद्धको सुरक्षा गरेर छिटोभन्दा छिटो सरकार बनाउनु पर्छ । भागबण्डाका बस्तुहरू मिलाउन ढिला भयो भने संविधान लेखन ढिला हुन गै रात्रीकालिन मतदानको अपमान हुन जाने निश्चित छ । छिमेकीले निर्वाचन ताका दिएका सैयौं चारपाङ्ग्रे बाहनमा खिया लाग्न लाग्या होला, यसै पनि स्याहार सुसार गर्ने हाम्रो बानी पटक्कै छैन । मतपेटिका जङ्गल जङ्गलमा छाडेर हिंड्नेहरूको के विश्वास ? मतदाता खास कति हुन् र ती मध्ये कतिले दिउँसो तथा कतिले राती मत खसाले भन्ने तथ्य अङ्क कुनैसँग छैन, परेन त बित्याँस ? समानुपातिकमा धाँधली भो एकलौटी भो भन्ने स्वरहरू धेरै सुनिन थालेको छ । सुनिने भनेको सुनिँदै गर्ने कुरा हो । धेरै सुनियो भने आयोडेक्स मलेर भए पनि कम गराउनु सक्नु पर्छ । संविधान सभामा के को धामी के को झाँक्री बेकारमा । मिडियामा पसेर फलाक्दा जति फाईदा मिल्न्छ त्यति फाईदा झाँक्री फलाकेर कहाँ पाईन्छ । फेरि फेरिलाई पनि त हेर्नै पर्यो नि । संसारभरका कुटनीतिज्ञहरूले हेर्दै बिचार गर्दै आका छन् । तिनले त केही भन्या छैनन् भने अरुले किन चिच्याउने ? कि त पहिलै एउटालाई समातेर बिन्तिभाउ गर्या भए हुन्थ्यो । तिनका सिफारिस काट्न सक्ने थिएनन् नेताले परिहाल्थे लिष्टाँ, तेसो पनि गर्न नसक्ने अनि चिच्याएर मात्र हुन्छ र ।
अब देशको लागि सबै नमिली सुखै छैन । मिल्नै नसके पनि बोलिमा मात्र भए पनि लोली मिलाउनै पर्छ । सहमति, सहमति अनि सहमति विमतिको गुञ्जायस नै छैन । हरेक कुरामा सहमति हुनै पर्छ । पहिला पहिला खाने कुरामा जति छिटो सहमति हुन्थ्यो त्यो संस्कारलाई हुबहु लागु गर्नु आजको आवश्यकता हो । जनमतको कदर गरेरै बदर हुने मतको समेत कदर गरी सदर गर्ने काम भएको पनि संविधान बेलामा बनाउनलाई नै हो भन्ने कुराको हेक्का राखेर काम गर्नुपर्छ । दिनरात झैझगडा गरेर केही पाईंदैन बरु मिलेर गए भएका सुविधाहरूलाई भागशान्ति जय नेपाल गर्न सकिन्छ । त्यसो भएमा जसोतसो सम् नभए नि विधान चाहिँ बन्छ, त्यसैलाई राम्रो कभर पेजमा सजाएर जनतालाई देखाई दियो भैगो । त्यसैले मिलेर खानुको विकल्य छैन । मिलेर खाउँ, संविधान बनाउँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x