साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मचारीको मर्म बुझौँ

Nepal Telecom ad

पुगेन बा पुगेन कर्मचारीलाई तलब पुगेन । कर्मचारी भएर पनि जहिल्यै ब्रह्माचारीको जस्तो विजोगले बस्नु ? जायज कुरामा आवाज उठाउँदा उल्टै लिच्चाराम त किच्चक रहेछ भन्नुहोला । “माथि छोपे तल नाङ्गै, तल छोपेमाथि ह्वाङ्गै” भनेझैँ कर्मचारीको कन्तबिजोग भएको छ ।

सरकारले दिएको भन्या त्यही जाबो जागिर हो । जागिरले जहान छोराछोरीको माग पूरा गर्दै ठिक्क । कर्मचारीलाई त काम सुरु ग¥या दिन र मैना म¥या दिन उस्तै । यसो स्वादले सुरापानको मज्जा लिन पनि सकसै पर्छ । कर्मचारीको मर्म बुझेर केही धर्मात्माले टेबुलमुनिबाट थप कर्म गरे । पापीहरूलाई खपिनसक्नु भएछ क्यार, घुस खाएको दोष लाए । गाँठी कुरो बुझीबुझी बुझ पचाउनेहरू ठाउँमा बसेर कुठाउँमा बकबक गर्छन् । हामी सोझा कर्मचारी झुकीझुकी माग्ने र लुकीलुकी थाप्नेको के हाल होला ?

यो लोकतन्त्रमा सब स्वतन्त्र छन्, कमाउन र रमाउन । ओलाङचुङगोलाका आइते दाइ पाए अर्काको भारी बोक्छन् । नपाए ढाकर र तोक्माको सिरानी लाएर आनन्दले ओडारमा सुत्छन् । टाउकामा नाम्लाको निलडाम डामिए पनि र पाँचसय पाउने ठाउँमा पचास रुपैयाँ मात्र थामिए पनि आइते दाइ आफूलाई भाग्यमानी ठान्छन् ।

उता धनुषाकी धनियाँलाई धन कमाउने धनिरामले सधैँका लागि छोडेर गए । तैपनि धनियाँले ती नाथे छछवटा छोराछोरी छहारीमा बसेर मजाले हुर्काउँछिन् । दिनभरि खोलाकिनारमा गिट्टी कुट्छिन् । बेलुका घानदुएक मकै भुट्छिन् र साउँ भाग लगाएर सन्तानलाई बाँड्छिन् । त्यहाँ कोही बेरोजगार छैनन् पूरापूर नेपाली जनतालाई पुगिसरी आएर हाइसन्चो भएको छ ।

बिचरा कर्मचारीको मात्र बेहाल छ । कामै नभए पनि कहिलेकाहीँ अफिसमा गएर हाजिर गर्नै पर्ने । हाकिमकै कोठामा भए पनि हातको तास भुईंमा राखेर सकिनसकी सही गर्नै पर्ने । “सरकारको काम कहिले जाला घाम” भनेझैँ दिनहरू बिताउनुपर्छ । यस्तो कष्टसँग कमाएको तलब थाप्न पनि महिना दिनसम्म दिन गनीगनी पर्खनुपर्छ । कर्मचारीको त फेरि कहिले बर्थडे, व्रतबन्ध, बिहा, पास्नी र भोजभतेरजस्ता परिपरिका कार्जेहरू परिरहन्छन् । सामाजिक कार्यमा सामेल भई समाजमा मानसम्मान र प्रतिष्ठा पनि पाउनैप¥यो । त्यसैले कर्मचारीलाई तलब कति पनि पुगेन लौ न ! वर्षैपिच्छे बजेट प्रस्तुत हुँदा सय प्रतिशत मात्र भए पनि कर्मचारीलाई तलबचाहिँ थप्नुप¥यो ।

कर्मचारीले यसो पुगनपुग, हुनेनहुने काम गरेर कमाउँदैमा खरदारको जागिर ख¥याकखुरुक र सुब्बाको सम्पति स्वाहा हुनुहुँदैन । यसरी सुटुक्क खाने र ख्वाउने कर्मचारीलाई तिरस्कार हैन नमस्कार गरौँ । यो त भ्रष्टाचार हैन, शिष्टाचार हो । त्यसैले यस्ता नेता हुन् या मन्त्री, कर्मचारी हुन् या सर्मचारी हुन् सबैको सदा जयजयकार गरौँ । सबैलाई सदा नमस्कार गरौँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x